
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत। जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ । शिक्षा ऐनमा प्रधानाध्यापकका लागि निश्चित समयावधि र शैक्षिक योग्यता तोकिए पनि त्यसको बेवास्ता गर्दै ती विद्यालयमा योग्यतानै नपुगेका प्रधानाध्यापकले काम गरिरहेको पाइएको छ ।
जिल्लाको सदरमुकाम कुश्मा बजारमा सञ्चालित नारायण माध्यमिक विद्यालय र खुर्कोटस्थित हिमालय माध्यमिक विद्यालय बाहेक अन्य विद्यालयमा ऐनविपरीत प्रधानाध्यापक रहेको शिक्षा विकास तथा समन्वय एकाइले जानकारी दिएको छ ।
शिक्षा नियमावली,२०५९ को संशोधिनसहित परिच्छेद १७ नियम ९३ बमोजिम एक पटक प्रधानाध्यापक नियुक्ति भएपछि पाँच वर्षसम्मका लागि सेवा अवधि रहने र पुनः नियुक्तिका लागि छनोट समितिमार्फत प्रक्रिया पूरा गरेर नियुक्ति गर्नुपर्ने प्रावधान छ ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईका अनुसार पर्वतका सबै स्थानीय तहमार्फत विद्यालयलाई ऐनअनुसार प्रधानाध्यापक नियुक्तिका लागि पत्राचार गरिसकेको जानकारी दिए ।
उनले जिल्लाका दुई विद्यालयबाहेक अन्य विद्यालयमा ऐनअनुरुप प्रधानाध्यापक कार्यरत नपाइएको बताउँदै एकाइले तत्काल ऐनअनुसार गर्न सूचित गरिसकेको जानकारी दिए।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत साउन ७ गते एक सूचना जारी गर्दै पाँच वर्षभन्दा बढी सेवारत रहेका प्रधानाध्यापक कार्यरत विद्यालयमा पुनः नियुक्तिका लागि प्रक्रिया अघि बढाउन निर्देश गरेको थियो । केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट समेत कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध भएको भन्दै उक्त सूचना जारी गरेको थियो ।
पर्वतमा सूचना जारी भएको झण्डै तीन हप्ता बितिसक्दासम्म कुनै पनि विद्यालयले नयाँ प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अघि नबढाएको एकाइ प्रमुख चपाईले बताए । एकाइले समेत उक्त सूचनालाई आधार मान्दै यही साउन ९ गते सूचना प्रकाशन गरेको थियो ।
अन्य जिल्लाका कतिपय स्थानीय तहहरुले प्रधानाध्यापक नियुक्तिका लागि छुट्टै कार्यविधि बनाएको पाइए पनि पर्वतमा तत्सम्बन्धी स्थानीय तहहरुले ऐन निर्माण गर्न सकेका छैनन् । कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीका अनुसार पालिकाले छुट्टै ऐन, कार्यविधि नबनाएको तर शिक्षा नियमावलीअन्तर्गत रहेर विद्यालयलाई नयाँ प्रधानाध्यापक नियुक्तिका लागि अनुरोध गरिएको बताए ।
शिक्षा नियमावलीअन्तर्गत माध्यमिक तह सञ्चालन रहेको विद्यालयमा शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण, निम्नमाध्यमिक तहमा कम्तीमा स्नातक तह र प्राथमिक तहमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको स्थायी शिक्षक मात्रै प्रधानाध्यापक हुने प्रावधान रहेको छ । तर पर्वतका कतिपय विद्यालयमा निमावि तहका शिक्षकले माध्यमिक तहको प्रधानाध्यापक भएर काम गरिरहेको समेत पाइएको छ ।
माध्यमिक तहको दरबन्दी र शैक्षिक योग्यता भएका शिक्षकहरु प्रधानाध्यापक नभई तल्लो तहका प्रधानाध्यापकले विद्यालय सञ्चालन गरेका पाइएपछि केन्द्रले यस्तो निर्देशन गरेको हो । पैयु गाउँपालिका–३ पालुस्थान मावि बेउलीबासका प्रधानाध्यापक पूर्णचन्द्र काफ्लेले आफूलाई त्यससम्बन्धी कुनै जानकारी नभएको बताए ।
अठार वर्षदेखि लगातार एउटै विद्यालयमा प्रधानाध्यापक रहेका काफ्लेले शिक्षा ऐन र नियमावलीअनुसार भएमा आफू जिम्मेवारीमा नबस्ने बताए । “मलाई कोही शिक्षक योग्यताअनुसार नभएपछि १८ वर्षअघि विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी दिएको हो, मेरो स्थानमा योग्यताअनुसार मभन्दा माथिल्लो तहको कोही शिक्षक आउनुहुन्छ भने म उहाँको स्वागत गर्छु”, उनले भने ।
मोदी गाउँपालिका–२ देउपुरमा सञ्चालित जननेत्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास तिमिल्सिनाले पनि प्रधानाध्यापक भएर बस्न नै शिक्षकहरु नमान्ने जिकिर गरे । “शिक्षा विकास समन्वय एकाइ र स्थानीय तहले प्रधानाध्यापक हेरफेर, नियुक्तिलगायतको जिम्मा जिम्मेवारी लिनुपर्छ”, उनले विद्यालय व्यवस्थापन समितिले उक्त कार्य गर्न नसक्ने बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया