
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत ।आउँदो साउन २९ गतेबाट सुरु हुन लागिरहेको एस.इ.ई.को ग्रेड बेद्धि परीक्षामा पर्वत जिल्लाबाट कुल एक हजार एक सय ६६ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।गत वर्षको चैत सात गतेबाट भएको परीक्षामा जिल्लाभरबाट साधारण र प्राबिधिकतर्फका गरेर कुल दुई हजार तीन सय ३४ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा तीमध्येका एक हजार एक सय ६६ जना ग्रेड बृद्धिको परीक्षामा सहभागी हुन लागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाईँका अनुसार जिल्लाका सामुदायिक र
निजी गरेर कुल ८४ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुने भएका हुन् । ती विद्यालयहरुबाट दुई हजार नौ सय ८७ जना विद्यार्थीहरु गत चैतको परीक्षामा सहभागी हुँदा एक हजार आठ सय २१ जना उत्तिर्ण भएका थिए भने ग्रेड प्राप्त गर्न नसकेकाहरुको सङ्ख्या एक हजार एक सय ६६ जनाले पुन परीक्षामा सहभागी हुन लागेका हुन् ।
विगतमा भएको एस.इ.ई. परीक्षाका लागि जिल्लमा कुल १७ वटा परीक्षा केन्द्र कायम भएको जिल्लमा गत चैतमा भएको २०८१ सालको परीक्षामा नौ वटा परीक्षा केन्द्र कायम गरिएका थिए । समन्वय इकाई चपाइका अनुसार विद्यार्थी सङ्ख्या कम भएको अवस्थामा पनि धेरै केन्द्र राख्दा राज्यलाई आर्थिक भार पर्ने भएकोले केन्द्रहरू समायोजन गरिएको थियो । मापदण्ड अनुसार दुई सय ५० जना विद्यार्थी भएको
अवस्थामा एउटा केन्द्र राखिनुपर्ने भएकाले सबै न्यून विद्यार्थी भएका ठाउँमा केन्द्र समायोजन गर्नुपरेको थियो । अब ग्रेड बृद्धि परीक्षाको लागि भने जिल्लाभरका लागि दुई वटा मात्रै परीक्षा केन्द्र रहने गरी परीक्षा सञ्चालनको तयारी भइरहेको छ । कुश्माको शिवालय माध्यमिक विद्यालयमा निर्धारण गरिएको परीक्षा केन्द्रमा कुल ५९ वटा विद्यालयका चार सय ५२ जना विद्यार्थीहरु सहभागी हुने छन् । जिल्लाको दक्षिणी क्षेत्र पैयुँ गाउँपालिकास्थित हुवासमा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा २५ विद्यालयका सात सय १४ जना ग्रेड बृद्धि परीक्षामा सहभागी हुने छन् ।
इकाईका अनुसार गत चैतमा भएको परीक्षामा पाँच जना विद्यार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी बनाएको जिल्लाको ज्योति माध्यमिक विद्यालय, नौ जना विद्यार्थीहरु परीक्षामा सहभागी बनाएको मदन आश्रित माध्यमिक विद्यालय र सात जना विद्यार्थीहरु परीक्षामा सहभागी बनाएको तुलोदय माध्यमिक विद्यालयले शून्य नतिजा हात पारेका थिए । ती विद्यालयका कोही पनि विद्यार्थीहरु उत्तिर्ण हुन नसकेको तथ्याङ्क कार्यालयमा छ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया