
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ३, शंकरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यका साथ शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय वुद्धिजिवी , व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुबाट उठेका प्रश्न तथा प्राप्त भएका सुझावहरुमा केन्द्रित रहेर शैक्षिक गुणस्तर अभिवृद्धिको निम्ति रचनात्मक छलफल भएको थियो । सहभागि अभिभावक तथा वुद्धिजिविहरुले एसइई परीक्षा २०८१ म उक्त विद्यालयले फलेवास नगरपालिकाबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा शिक्षक तथा समग्र विद्यालय परिवारलाई धन्यवाद दिँदै बधाई ज्ञापन गर्नुभएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=D6mw7NAsF2TvtxbH
कार्यक्रममा माध्यमिक तह (९–१२) का संयोजक तथा सहायक प्रधानाध्यापक राजु प्रसाद भुसालले विद्यालयमा सञ्चालन भएको कम्प्लिट स्टुडेन्ट सपोर्ट कार्यक्रमले विधार्थीहरुको पठनपाठनमा थप सघाउ पुग्ने बताउँदै प्रभावकारी शैक्षिक अभ्यासका विभिन्न अतिरिक्त कक्षाहरुलाई अगाडि बढाइएको जानकारी दिनुभएको थियो । सहभागि अभिभावकहरुले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गनुपर्ने, अङ्ग्रेजी माध्यमबाट सञ्चालन भएका कक्षाहरुलाई थप प्रभावकारी बनाउनको लागि आवश्यक पहलको थालनी गनुपर्ने र विधार्थिहरुलाई विद्यालयमा पढ्न जाऔँ जाऔँ लाग्ने किसिमको पारिवारीक वातावरण सिर्जना गराउन जरुरी रहेको बताउनुभएको थियो । विद्यार्थी तथा अभिभावकहरुबाट उठेका प्रश्न तथा जिज्ञासाहरुमाथी सम्बन्धित शिक्षकले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै शिक्षक अभिभावक संघका अध्यक्ष कमल प्रसाद भुसालले आफ्ना बालबालिका तथा छोराछोरीहरुको पढाईलेखाई तथा बानिव्यवहार सुधारको निम्ति अभिभावकहरुले घरबाटै निग्रानि बढाएर सुहाउँदो वातावरण सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हरी प्रसाद तिवारीले अभिभावकहरुको गरीमामय सहभागिता र उहाँहरुले दिनुभएका रचनात्मक सुझावको लागि धन्यवाद ज्ञापन गर्दै विद्यालयको तर्फबाट सुधार गर्नुपर्ने सम्पुर्ण गतिविधिहरुलाई जतिसक्दो छिटो कार्यान्वयनको पक्षमा लगिने विश्वास दिलाउनुभएको थियो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर थापाले सम्पूर्ण विद्यालय परिवारनै शैक्षिक गुणस्तर अभिवृद्धी गर्नको निम्ति लागि परेको बताउँदै आगामि दिनहरुमा पनि विद्यालयको शैक्षिक पाटोलाई थप सवल बनाउने उद्धेश्यका साथ यस्ता अन्र्तक्रिया कार्यक्रमको आयोजना गरीएको जिकिर गर्नुभयो ।
उहाँले विगतका धेरै वर्ष अघिदेखि शैक्षिक क्षेत्रमा अब्बल ठहरीँदै आएको त्रिभुवन मा.वि.लाई नमुना विद्यालय बनाउने तवरबाट आफुहरु लागि परेको दावि गर्नुभयो । विद्यालयका पूर्व गणित शिक्षक समेत रहनुभएका अध्यक्ष थापाले शैक्षिक उन्वयनका निम्ति शिक्षक, विधार्थी र अभिभावकहरुविचको त्रिकोणत्मक सम्बन्ध कसिलो बनाई समन्वयकारी भूमिका जरुरी रहेकोमा जोड दिँदै समय समयमा अभिभावक भेटाघाट तथा रायसुझाव संकलन कार्यक्रम सञ्चालन गर्दै विधार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धी गर्ने कार्यमा सदाबाहर चिन्तन मनन गरीरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले फलेवास नगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई मर्ज गरी समायोजन गर्ने क्रममा चितिपानीको ध्रुव नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु (७५ प्रतिशत) आफ्नो विद्यालयमा आएतापनि पालिकाले थप शिक्षकको व्यवस्थापन गर्न नसकेको प्रति गुनासो व्यक्त गर्नुभयो । विद्यालयले समय समयमा राख्ने यस्ता अन्र्तक्रिया तथा छलफल कार्यक्रमले आफ्ना नानिबाबुहरुको आनिबानिमा सकरात्मक सकरात्मक परिवर्तन ल्याउन सक्ने बताउँदै सहभागि अभिभावकहरुले विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शंकरपोखरी बहुमुखी क्याम्पसका प्रमुख नारायणदत्त जैसि (गोविन्द) ले स्वागत मन्तव्य प्रदान गर्नुभएको थियो भने विद्यालयका शिक्षक झलक पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया