SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/२ गते
    ६५२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, यूनिसेफ को सहयोग तथा नेपाल सरकारको समान्वयमा बाल विवाह रोक्न धर्मगुरु हरू संग अन्तर क्रिया गरिएको छ।

    अन्तर्क्रिया कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता तापस कुमार मिश्रले बाल विवाह रोक्न धर्मगुरु हरूको भूमिका तथा बाल विवाह रोक्न कानुनी प्रक्रियाको बारेमा प्रष्ट पारेका थिए।

    कार्यक्रममा बोल्दै धर्मगुरु मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नु कसैका लागि हितकर नरहेको बताउदै धर्मगुरु हरू समेत यसकार्य लाई रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताए।

    कार्यक्रममा बोल्दै धर्मगुरु विरेंद्र शास्त्रीले बाल विवाह रोक्न हामी धर्मगुरु हरू आज सामुहिक प्रतिबद्धता समेत जनाएको र बाल विवाह गराउने कार्यमा हाम्रो संलग्नता नरहने समेत प्रष्ट पारेका थिए।

    उपस्थित हिन्दू, मुस्लिम लगायतका धर्मगुरु हरूले बाल विवाह रोक्न आफू हरू सधै प्रतिबद्ध रहने वाचाका साथ साझा प्रतिबद्धता खाकामा हस्ताक्षर समेत गरेका थिए।

    कार्यक्रममा अन्य व्यवस्थापकको भूमिका सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता प्रदिप गिरीको रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं