
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा। दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन्। विजेता रानामगरले २५ लूप अर्थात् २५ घण्टामा १६७ दशमलव ५५ किलोमिटर दौड पूरा गरेका थिए। शनिबार बिहान ८ बजे सुरु भएको दौड आइतबार बिहान ९ बजेसम्म सञ्चालन भएको थियो। फिट नेपालको आयोजनामा पोखराको भलाममा सम्पन्न भएको यस प्रतिस्पर्धामा विभिन्न देशका ५२ जना धावकले सहभागिता जनाएको कुरा संयोजक सुवास चन्द्र बस्नेतले बताए।
आयोजक तथा दौडका निर्देशक जितेश प्रधानले ब्याकयार्ड अल्ट्रा अनौठो र चुनौतिपूर्ण दौड रहेको बताए। उनले बताएअनुसार, सहभागीहरूले हरेक घण्टामा ६ दशमलव ७०५ किलोमिटर दूरी तय गर्नुपर्छ। यो दूरी एक राउन्डको रूपमा लिइन्छ र प्रत्येक राउन्ड १ घण्टा भित्र सम्पन्न गर्न अनिवार्य हुन्छ। दौडको मुख्य विशेषता भनेको, यो कुनै निश्चित दूरी वा समयसम्म मात्र सीमित हुँदैन। दौड तबसम्म चलिरहन्छ जबसम्म अन्तिम एक जना धावक मात्रै बाँकी रहन्छ। त्यस्तै नगद पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा १२ लूप अर्थात् १२ राउण्ड पार गर्नुपर्नेछ।
प्रतियोगितामा मिलन कुलुङले पनि २४ लूप पूरा गरेका छन्। उनी पनि अन्तर्राष्ट्रिय ब्याकयार्ड अल्ट्रा प्रतियोगितामा सहभागी हुने कुरा आयोजकले बताए। प्रतियोगितामा महिला धाविका पदम कुमारी सुनुवारले १२ लूप पूरा गरी २० हजार रुपैयाँ प्राप्त गरेकी छिन्। यस प्रतियोगितामा महिला र पुरुष एउटै समूहमा रहेको हुँदा, सुनुवारलाई प्रोत्साहन स्वरूप उक्त रकम प्रदान गरिएको आयोजक पक्षका इश्वर गुरुङले बताए।
यस किसिमको दौडमा सहभागीहरूले प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जंगली जनावर र चराचुरुङीको आवाज सुन्न पाउने कुरा फिट नेपालको राजीव श्रेष्ठले बताए। सन् २०१० बाट अमेरिकामा ग्रे सेन्ट्रेलले सुरु गरेको यो प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागी हुन सक्ने गरी विकास गर्ने लक्ष्य लिएको श्रेष्ठले बताए।
ब्याकयार्ड अल्ट्रा नेपालको पहिलो संस्करण गत माघ महिनामा भक्तपुरमा आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा अर्जुन कुलुङ राईले २१ लूप पूरा गर्दै उपाधि जितेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया