SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/३० गते
    २९१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ ।

    कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा आज देखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिएको छ। विभूति, तिलक र प्रसाद लिन भक्तजनको भिड लागेको थियो ।

    त्यसै गरी हवन कुण्डमा रहेका इट्टा पनि वितरण गरिएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।

    कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार आज वितरण गरिएको छ । प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम हुँदै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्दा माछापुच्छेे सेवा समाज पोखरा–२५ हेमजा द्वितीय हुँदै २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।

    त्यस्तै बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय भएर १ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्दा राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना हुँदै ६५÷६५ हजार प्राप्त गरे ।

    त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।

    त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भएका थिए । यी सवै समूहले नगद २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । विजयी समूहलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले पुरस्कार प्रदान गरेका थिए ।

    कोटिहोममा खैसरा क्षेत्री सपरिवार पोखरा–१७ बाट तुलादान चौरसी पुजा सहित १ लाख १९ हजार, डा. योगी विकासनन्द गुरुदेव पोखरा–२३ बाट १ लाख ८ हजार, क्या. याम प्रसाद लामिछाने सपरिवार पोखरा–१७ बाट ५१ हजार १ सय ५, गुरुदत्त ढकाल पोखरा–१७ बाट २६ हजार १ सय २५, भागीरथी आचार्य पोखरा–१६ बाट ४० हजार, नगेन्द्र शर्मा भण्डारी पोखरा–१७ बाट २५ हजार ५ सय ५५, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दीर पोखरा–१७ बाट २५ हजार ५ सय २५, धनमाया कुँवर सपरिवार पोखरा–२१ बाट २५ हजार ६ सय ३०, ज्योतिष सुनझाक्री कास्की माछापुच्छे गाउँपालिका – ६ बाट २५ हजार ५ सय, जसोदा कार्की सपरिवार पोखरा–१७ बाट २५ हजार, कृष्ण प्रसाद उर्मिला जमरकट्टेल पोखर–१७ बाट २५ हजार ५ सय ५५, आयुर्वेदिक पथ टोल विकास समिति पोखरा–१७ बाट २५ हजार ५ सय ५५, धर्मराज चापागाईँ पोखरा–३० बाट २५ हजार १ सय, प्रजापति पराजुली पोखर–२ बाट २५ हजार ५ सय २५, गोमा अधिकारी चितवन हाल अमेरीका बाट २५ हजार, राजु थापा मगर पोखरा–६ बाट १५ हजार ५ सय ५५, विश्व हिन्दु महासङ्घ नेपाल जिल्ला कार्यसमिति कास्की पोखरा–१० बाट ५१ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

    कोटिहोममा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गरिरहेकी छन् । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोमको विधिवत् समापन भने भोलि हुने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं