
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
दक्षिण कोरिया । मातृभूमिप्रति रचनात्मक योगदान र शिक्षामा दिगो सहयोग पुर्याउने उद्देश्यले पर्वत समाज दक्षिण कोरियाले ‘शैक्षिक छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्ने भएको छ। दक्षिण कोरियाको सुवोनस्थित अजो विश्वविद्यालयमा सम्पन्न तेस्रो पर्वत कप भलिबल प्रतियोगिताबाट संकलित आम्दानीबाट खर्च कटाएर बचत भएको रकमबाट अक्षयकोष निर्माण गर्ने निर्णय समाजले गरेको हो।
२००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले ‘प्रवासी पर्वतेहरुको एकता र समृद्ध पर्वत निर्माण’ भन्ने मूल नाराका साथ निरन्तर सामाजिक तथा रचनात्मक गतिविधिहरु गर्दै आइरहेको छ। यस पटकको अक्षयकोष स्थापनालाई विशेष उपलब्धिका रुपमा हेरिएको छ।
समाजका अध्यक्ष दीपक के.सी.ले जानकारी दिनुहुँदै भन्नुभयो, “प्रतियोगिताबाट बचत भएको रकमले हामीले पर्वत जिल्लाका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरेर छात्रवृत्तिका माध्यमबाट दीर्घकालीन सहयोग गर्ने योजना अघि सारेका छौँ। यसले विद्यार्थीहरुको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्नेछ।”
पहिलो चरणमा पर्वत जिल्लाका पाँच गाउँपालिका र दुई नगरपालिका क्षेत्रका सात विद्यालयमा नेपाली रुपैयाँ एक लाखका दरले अक्षयकोष स्थापना गरिनेछ। विद्यालयहरुमा ‘पर्वत समाज दक्षिण कोरिया शैक्षिक छात्रवृत्ति अक्षयकोष’ मार्फत छात्रवृत्ति वितरण गरिने समाजले जनाएको छ।
सहयोग पाउने विद्यालयहरु यसप्रकार छन्:
१) श्री जनता शुदर्शन मावि, कुस्मा नगरपालिका–१२
२) श्री थापाठाना मावि, फलेवास नगरपालिका
३) श्री नवजागृत उच्च मावि, तिलाहार, मोदी गाउँपालिका
४) श्री विद्याज्योति मावि, मल्लाज, जलजला गाउँपालिका
५) श्री सूर्य मावि, महाशिला गाउँपालिका
६) श्री वाहाकी मावि, बिहादी गाउँपालिका
७) श्री पालुस्थान मावि, पैयू गाउँपालिका।
प्रतियोगिता सम्पन्न गर्न समाजका खेल संयोजक श्रवण कुमार श्रेष्ठ, सह-संयोजक विष्णु सापकोटा, आर्थिक संयोजक शरोज गुरुङ, कोषाध्यक्ष मेघ पौडेल, पदाधिकारी, सदस्य, सल्लाहकार र स्वयंसेवकहरुको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष के.सी.ले बताउनुभयो ।
यस कार्यमा दक्षिण कोरियामा रहेका विभिन्न संघ-संस्था, गण्डकी प्रदेशअन्तर्गतका जिल्ला अध्यक्षज्यूहरु, शुभेच्छुकहरु, प्रमुख प्रायोजक भेटघाट रेस्टुरेन्ट सुवोन, अन्तर्राष्ट्रिय पर्वत समाज, कोरिया मल्लाज सम्पर्क समिति, GME Remittance लगायतको अमूल्य सहयोग प्राप्त भएको समाजले जनाएको छ।
अध्यक्ष के.सी.ले आगामी दिनमा अक्षयकोषलाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरुलाई दीर्घकालीन सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्नुभएको सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया