
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
दक्षिण कोरिया । मातृभूमिप्रति रचनात्मक योगदान र शिक्षामा दिगो सहयोग पुर्याउने उद्देश्यले पर्वत समाज दक्षिण कोरियाले ‘शैक्षिक छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्ने भएको छ। दक्षिण कोरियाको सुवोनस्थित अजो विश्वविद्यालयमा सम्पन्न तेस्रो पर्वत कप भलिबल प्रतियोगिताबाट संकलित आम्दानीबाट खर्च कटाएर बचत भएको रकमबाट अक्षयकोष निर्माण गर्ने निर्णय समाजले गरेको हो।
२००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले ‘प्रवासी पर्वतेहरुको एकता र समृद्ध पर्वत निर्माण’ भन्ने मूल नाराका साथ निरन्तर सामाजिक तथा रचनात्मक गतिविधिहरु गर्दै आइरहेको छ। यस पटकको अक्षयकोष स्थापनालाई विशेष उपलब्धिका रुपमा हेरिएको छ।
समाजका अध्यक्ष दीपक के.सी.ले जानकारी दिनुहुँदै भन्नुभयो, “प्रतियोगिताबाट बचत भएको रकमले हामीले पर्वत जिल्लाका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरेर छात्रवृत्तिका माध्यमबाट दीर्घकालीन सहयोग गर्ने योजना अघि सारेका छौँ। यसले विद्यार्थीहरुको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्नेछ।”
पहिलो चरणमा पर्वत जिल्लाका पाँच गाउँपालिका र दुई नगरपालिका क्षेत्रका सात विद्यालयमा नेपाली रुपैयाँ एक लाखका दरले अक्षयकोष स्थापना गरिनेछ। विद्यालयहरुमा ‘पर्वत समाज दक्षिण कोरिया शैक्षिक छात्रवृत्ति अक्षयकोष’ मार्फत छात्रवृत्ति वितरण गरिने समाजले जनाएको छ।
सहयोग पाउने विद्यालयहरु यसप्रकार छन्:
१) श्री जनता शुदर्शन मावि, कुस्मा नगरपालिका–१२
२) श्री थापाठाना मावि, फलेवास नगरपालिका
३) श्री नवजागृत उच्च मावि, तिलाहार, मोदी गाउँपालिका
४) श्री विद्याज्योति मावि, मल्लाज, जलजला गाउँपालिका
५) श्री सूर्य मावि, महाशिला गाउँपालिका
६) श्री वाहाकी मावि, बिहादी गाउँपालिका
७) श्री पालुस्थान मावि, पैयू गाउँपालिका।
प्रतियोगिता सम्पन्न गर्न समाजका खेल संयोजक श्रवण कुमार श्रेष्ठ, सह-संयोजक विष्णु सापकोटा, आर्थिक संयोजक शरोज गुरुङ, कोषाध्यक्ष मेघ पौडेल, पदाधिकारी, सदस्य, सल्लाहकार र स्वयंसेवकहरुको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष के.सी.ले बताउनुभयो ।
यस कार्यमा दक्षिण कोरियामा रहेका विभिन्न संघ-संस्था, गण्डकी प्रदेशअन्तर्गतका जिल्ला अध्यक्षज्यूहरु, शुभेच्छुकहरु, प्रमुख प्रायोजक भेटघाट रेस्टुरेन्ट सुवोन, अन्तर्राष्ट्रिय पर्वत समाज, कोरिया मल्लाज सम्पर्क समिति, GME Remittance लगायतको अमूल्य सहयोग प्राप्त भएको समाजले जनाएको छ।
अध्यक्ष के.सी.ले आगामी दिनमा अक्षयकोषलाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरुलाई दीर्घकालीन सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्नुभएको सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया