
१कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
२बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
३जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
४पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
५काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
६विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
७नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
८कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
९पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
१०समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
११जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
१२पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन ।
महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ ।
कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो । कोटिहोममा आएका भक्तजनले अहिले सम्म यति ठुलो उपस्थिति नदेखेको भन्दै अचम्मित भएका थिए ।
कोटिहोम दर्शन गर्न आउने भक्तजनको भिडले पोखराको यातायात सेवा नै प्रभावित भएको थियो। जसले गर्दा जिल्ला ट्राफिक कार्यालय कास्की बाट खटिएका ट्राफिकलाई यातायात व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।
आज निर्जला एकादशी त्यस माथि आज नै २१ करोड दीप प्रज्वलन भएका कारण पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । कोटिहोममा आउने प्राय भक्तजनका हातमा ज्योति भेटिन्थ्यो । यति ठुलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ ।
कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रूपमा महायज्ञमा हुने विभिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरूको प्रस्तुतिले पनि भक्तजनको आगमनलाई बढाएको छ ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी आज क्षेत्री समुदायको पोसाकमा कथा वाचन गरेकी छन् । भागवत मञ्जरी राधिका दासी गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै आज क्षेत्री समुदायको पोसाक गुन्यो चोलीमा आएर कथा वाचन गरेकी हुन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेकी छन् ।
भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको हो ।
मानव सेवा फाउन्डेसनलाई जग्गा दान
पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ वस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।
उनीसँगै वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
उनका अनुसार फाउन्डेसनलाई अन्नपूर्ण गाउँ पालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।
कोटिहोममा को को ले गरे दान
पोखरा जारी कोटिहोममा शनिवार दान गर्ने भक्तजनको लर्को लागेको छ । मानव सेवा फाउन्डेसनले सञ्चालन गरेको आश्रमका वाल वालिकाको अभिभाव र आजीवन सदस्य बन्ने भक्तजन सङ्ख्या बढी रहेको महायज्ञ प्रचार प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा सान्ता मान राई र सस्मिता राइ भोजपुरबाट नगरपालिका वडा नं. ११ आम्तेकबाट ५ लाख १ हजार, पूर्व मन्त्री हरि पाण्डे र तुलसा पाण्डे पोखराबाट २ लाख ५ हजार, रंगिला पौडेल आचार्य, भुवानी शंकर पौडेल सपरिवार पोखरा–१७ बाट १ लाख १ हजार २ सय २५, वीरबहादुर गुरुङ पोखरा–१७ बाट १ लाख १ हजार १ सय ११ सहयोग गरी फाउन्डेसनद्धार सञ्चालित आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभावक वनेका छन् ।
त्यसै गरी हरिमाया बराल कास्की पोखराबाट १ लाख ५३ हजार १ सय, भोलानाथ रेग्मी सपरिवार स्याङ्जा पुतली बजार–५ बाट ६० हजार (चौरासी पूजा), खुम बहादुर पौडेल स्याङ्जा वालिड्डबाट ६० हजार (चौरासी पूजा), जेरनाथ ढकाल, कृष्णकुमारी ढकाल पोखरा विरौटाबाट ५१ हजार १ सय ११, राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय उपाध्यक्ष ई.हेमजंग गुरुङ ५१ हजार सहयोग प्रदान गरी आजीवन सदस्य वनेका छन् ।
त्यस्तै राधाकृष्ण घिमिरे लम्जुङबाट २५ हजार, क्या. किर्तिनिधि पाण्डे तनहुँ–४ २५ हजार १ सय ११, ददि कुमारी भुजेल स्याङ्जाबाट २५ हजार १ सय, इन्द्र प्रसाद ढुंगाना, कौशिला ढुंगाना पोखरा–१७ बाट २५ हजार, तुलसी क्षेत्री सपरिवार पोखरा–१४ बाट ३० हजार ५ सय, लिलावति पौडेल सपरिवार स्याङ्जा पुतली बजार २५ हजार ५ सय ८५, चोपकला खनाल वुटवल–१३ बाट १० हजार ५ सय ५५, राधाकृष्ण घिमिरे लमजुङ्–७ बाट २५ हजार, भुवनराज बराल, शोभा बराल पोखरा–५ बाट २५ हजार ५ सय ५५, विनोद गुरुङ पोखरा–६ बाट २५ हजार ५ सय ५५, पार्वती गौतम कास्कीबाट २५ हजार ५ सय ५, लिटल गार्डेन स्कुल पोखरा–२७ बाट २५ हजार, श्रीधारा म्याग्दी पोखरा समाज सपरिवार कास्कीबाट २८ हजार २ सय ३२ सहयोग प्रदान गरेका छन् ।
राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूह हेमजा प्रथम
कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम भएको छ । त्यसै गरी प्रतियोगितामा माछापुच्छ«े सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन् ।
त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भए ।
त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भए ।
प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।
विजयी समूहलाई जेठ ३० गते शुक्रवार पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा अन्य विधाबाट विजयी समूहले २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार पाउने छन् । ३ सय ५ समूहले नाम दर्ता गराएकोमा २ सय ५६ समूहले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरु पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेल रहेका थिए ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया