SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/२३ गते
    २८५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा। पोखराको बाटुलेचौरस्थित पोखरा एकेडेमी स्कुलले अभिभावकसँग अन्तर्क्रिया गरेको छ । नयाँ शैक्षिक सत्र शुरु भईसकेको अवस्थालाई केन्द्रित गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग भएको अन्तर्क्रियामा विद्यालयले विद्यार्थी केन्द्रित गुणस्तरीय शिक्षाको लागि यस शैक्षिक सत्रमा तय गरेका योजनाको जानकारी दिएको हो। सो अवसरमा अभिभावकबाट प्राप्त सुझावलाई समेत योजनामा समेटेर विद्यालय शिक्षालाई थप गुणस्तरीय बनाईने सहायक प्रिन्सिपल तीर्थ तामाङले जानकारी दिनुभयो।

    भेलामा विद्यालयका प्रिन्सिपल महेन्द्र गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकसँगको निरन्तर समवन्य आवश्यक रहेको बताउँदै, पारिवारिक वातावरण पनि वालवालिका केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयको शिक्षा गुणस्तरीय बनाउन अभिभावकबाट आएका उपयुक्त सुझावलाई कार्यन्वयन गरिने उल्लेख गर्नुभयो। अभिभावक ओम थापाले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकको भुमिका पनि महत्त्वपूर्ण हुने बताउँदै वालवालिकालाई घरमा पनि शैक्षिक वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

    शिक्षिका शीलादेवी पौडेलले विद्यालयको शैक्षिक तालिका र विद्यालयले अपनाएका असल अभ्यासका विषयमा जानकारी दिनुभयो। अन्तर्क्रियामा सहभागी अधिकांश अभिभावकले बेला बेलामा यस्ता कार्यक्रम गरी अगाडि बढ्न सुझाव दिए। विद्यालयले यसअघि जुनियर सेक्सनका अभिभावकसँग अन्तर्क्रिया गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं