
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ ।
मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए ।
शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालले शनिबार कम्तीमा पनि तीन लाख ५० हजार भक्तजन कोटीहोममा आउने दावी गरे । कोटीहोममा हालसम्म २३ लाख ५० बढी भक्तजन सहभागी भएको उनले जानकारी दिए ।
शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर ५५ वटा गाडी शुक्रबार नै पोखरा भित्रिसकेको र दुई सय ५० वटा गाडी आउँदै गरेको उनको भनाइ छ । अन्य दिनको तुलनामा शनिबार ऐतिहासिक हुने उनको दावी छ ।
हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।
कोटीहोम दर्शनका लागि शुक्रबार चर्चित प्रेरणादायी वक्ता जगदीश शर्मा, चर्चित माता सरिता पुन मगर (सरु माता), भारतबाट प्रसिद्ध सन्त आलोकजी महाराजको समूह, नेपालकै कान्छी श्रीमद्भागवत वाचिका अनुराधा पाण्डे, अमेरिकाबाट सत्यदेव महाराज, व्यास समाज नेपालका उपाध्यक्ष एवं चर्चित कथा व्यास बालकृष्ण अर्याल, प्रख्यात पण्डित एवं कथावाचक भुवन घिमिरे, श्रीमद्भागवत कथा वाचिका सुधा अच्युत प्रिया सहभागी भए ।
सो अवसरमा सरिता पुन मगरले एक लाख रुपैयाँ सहयोग गर्दै एक बच्चाको अभिभावक बनेकी छन् । यस्तै बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ पनि कोटीहोममा सहभागी भएर एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ का शेरजङ् अधिकारी तथा लक्ष्मी केसी अधिकारीले १२ लाख रुपैयाँ बराबरको तीन रोपनी जग्गा दान गर्ने घोषणा गरेका छन् ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।
कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो ।
पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया