
पोखरा।पोखरा–१,मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा आधारभुत तहमा रातो सदनबाट कक्षा ८ का छात्र विनायक गिरी, कक्षा ७ का आदित्य लम्साल, कक्षा ६ का छात्राद्वय रुपा ठकुरी र अदिती तिमिल्सिना प्रथम र पहेँलो सदनबाट कक्षा ८ की छात्रा अंकिता पौडेल, कक्षा ८ कै छात्र असिम अधिकारी, कक्षा ७ की छात्रा सृष्टिका कोइराला र कक्षा ६ की छात्रा साधना गिरी द्वितीय भएका छन् । प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरुमा पढाई मात्र नभई खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्याान पुग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा हिज्जेकर्ता अङ्ग्रेजी शिक्षक होमराज अधिकारी, समय व्यवस्थापन योगेश कार्की र नम्बर स्कोरर माया क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो ।
















