
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सुनसरी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा दखि नै समावेशी विधान निर्माणको चुनौतीपूर्ण यात्रा प्रारम्भ गरेको र तत्कालीन प्रतिकूलताका बावजुद संविधानको मर्म र युगको आवाजलाई आत्मसात् गर्दै आफू यसमा अडिग रहेको बताएका छन् । उनले उक्त वैचारिक निष्ठा र प्रतिबद्धताका लागि भविष्यमा जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दृढतासमेत व्यक्त गरे ।
सुनसरीमा शुक्रबार आयोजित नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले नेपालको राष्ट्रिय स्वाभिमान, अखण्डता र दिगो समृद्धिको यात्रा मूलबासी समुदायहरूको अक्षुण्ण अधिकार, जीवन्त पहिचान र समावेशी विकासको जगमा मात्रै सम्भव हुनेमा जोड दिए । “नेपालका मूलबासी समुदायहरू हाम्रो राष्ट्रियताका जीवित सम्पदा, सांस्कृतिक विविधताका पालक र ऐतिहासिक पहिचानका आधारस्तम्भ हुन्,” उनले भने, “उनीहरूको मौलिक अधिकार, भाषा, संस्कृति, ज्ञान-सीप र समग्र विकासलाई सुनिश्चित नगरी राष्ट्रले समृद्धिको सार्थक उडान भर्न सक्दैन । सबैका लागि समान अवसर, न्याय र सम्मानयुक्त समाज निर्माण आजको हाम्रो पवित्र ध्येय हो ।” उनले विविधताभित्रको अभेद्य एकतालाई नै राष्ट्रको वास्तविक शक्ति भएको बताए ।
पहिचानको मुद्दा आजको विश्व राजनीतिको एक अकाट्य प्रवृत्ति भएको उल्लेख गर्दै महरले भने, “एकातिर मार्क्सवादी दर्शनको क्षयोन्मुख अवस्था र अर्कोतिर पुँजीवादी व्यवस्थाले सिर्जना गरेका अनेकौं सामाजिक-आर्थिक असन्तुष्टि र बढ्दो असमानता एवं शोषणको पृष्ठभूमिमा, विश्वभरि नै पहिचानको मुद्दाले विस्तारित र संस्थागत हुने उर्वर भूमि पाएको छ ।”
संविधानको पूर्ण, निष्पक्ष र प्रभावकारी कार्यान्वयन नै वर्तमान नेपालको सर्वोपरि राजनीतिक कार्यसूची भएको उनको भनाइ थियो । आदिवासी जनजाति आन्दोलनलाई समग्र मानव सभ्यतालाई नै गतिशील र न्यायपूर्ण दिशामा अगाडि बढाउने ऐतिहासिक अभियानका रूपमा लिनुपर्नेमा उनले जोड दिए । जलवायु परिवर्तनको विश्वव्यापी संकट न्यूनीकरणमा आदिवासी जनजाति समुदायको भूमिकालाई ‘प्रकृतिका स्वाभाविक र अग्रणी अभियन्ता’ को संज्ञा दिँदै उनले “‘मानव सभ्यता प्रकृति तर्फ फर्क’ भन्ने हाम्रो पूर्वीय दर्शनको आह्वान र ‘सगरमाथा संवाद’ जस्ता नेपालका दूरगामी महत्वका पहलकदमीहरूले यही यथार्थलाई प्रतिबिम्बित गर्दछन्,” भने ।
नेता महरले वर्तमान समयमा विभिन्न रूपमा देखा परिरहेका केही व्यवस्था विरोधी आन्दोलनहरू आदिवासी जनजाति, महिला, मधेसी, दलित लगायत ऐतिहासिक रूपमा सीमान्तकृत समुदायले कठिन संघर्षबाट प्राप्त गरेका महत्वपूर्ण अधिकारहरू विरुद्ध लक्षित रहेको विश्लेषण गरे । “लोकतन्त्र र संघीयताको जगमा हासिल भएका यी उपलब्धिहरू विरुद्ध हुने कुनै पनि चलखेललाई हामीले चिर्नुपर्छ । परिवर्तनको रथलाई पछाडि धकेल्ने कुनै पनि प्रयास सफल हुन सक्दैन र दिइने छैन,” उनले दृढतापूर्वक भने ।
नेपाली कांग्रेसले आफ्नो विधानमा नै मूल नेतृत्वदेखि सबै तहका संरचनाहरूमा समावेशितालाई संस्थागत रूपमा प्रोत्साहन गर्नुपर्ने र मन्त्रिपरिषद् लगायत राज्यका सबै अंगहरूमा अनिवार्य र अर्थपूर्ण समावेशी मापदण्डको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघको प्रथम महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विस्तृत कार्ययोजना र रणनीतिहरू तय गर्ने जनाइएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया