SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/२० गते
    २१४ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा ।पोखराको मोहोरीया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ्ग स्कूलमा कक्षागत रूपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न भएको छ। कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन गरिएको प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा कक्षा १ देखि कक्षा ३ सम्मको पहिलो तहमा कक्षा २ प्रथम भएको छ ।

    कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भएको छ भने कक्षा ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ ले प्रथम स्थान प्राप्त गरेको छ ।

    प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै विद्यालयका प्राचार्य कृष्ण कुमार श्रेष्ठले अतिरिक्त क्रियाकलापले विद्यार्थीको लुकेको प्रतिभा उजागर हुने बताउनुभयो। प्रतियोगितामा उत्कृष्ट भएका कक्षालाई निर्णायक समितिका सदस्य होमराज अधिकारी र शान्ति रानाले पुरस्कार वितरण गर्नुभएको थियो।

    विद्यार्थी तथा विषयगत शिक्षकको सयुक्त प्रयासबाट पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरि कक्षा सजावट गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं