
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
शिशिर,पोखरा ।पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया मार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधी चयन भएका छन् ।
संघीय निर्वाचनको नै झल्को दिने गरि भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी करुणा आचार्यले ३ सय ८२ मत प्राप्त गर्दै विजयी भईन । उनका निकट्तम प्रतिद्वन्दी विजय अधिकारीले २ सय ७३ मत प्राप्त गरे । उप क्याप्टेनमा चरो चुनाव चिन्ह लिएर मैेदानमा उत्रिएका विश्वास पोखरेलले ३ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै निर्वाचित भए ।
उनले २ सय ५३ मत प्राप्त गरे ।उप क्याप्टेनमा प्रतिस्पर्धा गरेका सन्दिपा थापाले २ सय ७, रिकान्त शर्माले १ सय १५ र प्रतिक गौतमले ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन आयुक्तको जिम्वेवारी सम्हालेका सामाजिक विषयका शिक्षक कृष्ण प्रसाद पौडेलले जानकारी दिए । वाल क्लवको अध्यक्षमा प्रत्याशी प्रशिका गुरुङलाई ९१ मतले पछि पार्दै प्रशाान्त थापा निर्वाचित भए । उनले ३ सय ६१ मत प्राप्त गरे । त्यसैगरी जुनियर रेडक्रस सर्कलको अध्यक्षमा ३ जनाले प्रतिस्पर्धा गरेकोमा ३ सय ४ मत प्राप्त गरी लक्ष्मी गुरुङ निर्वाचित भईन् ।अर्का प्रत्यासी संघर्ष बानियाँले २ सय १५ र बिप्रेशा भट्टराई १ सय १ मत प्राप्त गरी पराजित भईन् ।
कक्षा ४ देखि १० सम्मका सात सय पचपन्न जना विद्यार्थी मतदाताले भाग लिएको सो निर्वाचनमा कुल ६ सय ६९ मत खसेकोे मुख्य निर्वाचन आयुक्त जयराम पुनले वताए । विहान ११ वजेवाट शुरु भएको मतदान दिउँसो २ वजेसम्म चलेको थियो ।मतदान लगत्तै खट्टिएका विद्यार्थी पर्यवेक्षक, सुरक्षाकर्मि र प्रत्यासीका प्रतिनिधीको रोहवरमा मुचुल्का गरी कडा सुरक्षा घेराका विच मतगणना गरिएको थियो । ३ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा १६ जना विद्यार्थी खट्टिएका थिए ।निर्वाचनमा विद्यालय क्याप्टेन तर्फ २ जना, उप क्याप्टेनमा ४ जना,वाल क्लवको अध्यक्षमा २ जना र रेडक्रस सर्कलको अध्यक्षमा ३ जना गरी ४ पदका लागी ११ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
विद्यालयको पाठ्यक्रममा नै निर्वाचन र मतदानका विषय समावेश भएकाले पनि प्रयोगात्मक अभ्यासको रुपमा निर्वाचन प्रणाली मार्फत नै पदाधिकारी चयन गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वताए । नवनिर्वाचित पदाधिकारीलाई सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, मुख्य निर्वाचन आयुक्त कृष्णप्रसाद पौडेल, जयराम पुन, बाल क्लव संयोजक तारा अधिकारी, शिक्षक महेन्द्र प्रसाद पौडेलले सपथ गराए ।
निर्वाचनमा सुरक्षाकर्मि, पत्रकार, पर्यवेक्षक, एजेन्ट, स्वयंसेवक र निर्वाचन कर्मचारीको रुपमा विद्यार्थी नै खट्टिएका थिए । यसअघि गत वुधवार मनोनयन दर्ता गरी उम्मेदवारी दिएका प्रत्यासीले विद्यार्थी मतदाताका विच आफना प्रतिबद्घता सार्वजनिक गरेका थिए । मतपत्र वाहेक निर्वाचनका आवस्यक सामाग्री भने निर्वाचन कार्यालय कास्कीले सहयोग गरेको थियो ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया