
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
शिशिर,पोखरा ।पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया मार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधी चयन भएका छन् ।
संघीय निर्वाचनको नै झल्को दिने गरि भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी करुणा आचार्यले ३ सय ८२ मत प्राप्त गर्दै विजयी भईन । उनका निकट्तम प्रतिद्वन्दी विजय अधिकारीले २ सय ७३ मत प्राप्त गरे । उप क्याप्टेनमा चरो चुनाव चिन्ह लिएर मैेदानमा उत्रिएका विश्वास पोखरेलले ३ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै निर्वाचित भए ।
उनले २ सय ५३ मत प्राप्त गरे ।उप क्याप्टेनमा प्रतिस्पर्धा गरेका सन्दिपा थापाले २ सय ७, रिकान्त शर्माले १ सय १५ र प्रतिक गौतमले ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन आयुक्तको जिम्वेवारी सम्हालेका सामाजिक विषयका शिक्षक कृष्ण प्रसाद पौडेलले जानकारी दिए । वाल क्लवको अध्यक्षमा प्रत्याशी प्रशिका गुरुङलाई ९१ मतले पछि पार्दै प्रशाान्त थापा निर्वाचित भए । उनले ३ सय ६१ मत प्राप्त गरे । त्यसैगरी जुनियर रेडक्रस सर्कलको अध्यक्षमा ३ जनाले प्रतिस्पर्धा गरेकोमा ३ सय ४ मत प्राप्त गरी लक्ष्मी गुरुङ निर्वाचित भईन् ।अर्का प्रत्यासी संघर्ष बानियाँले २ सय १५ र बिप्रेशा भट्टराई १ सय १ मत प्राप्त गरी पराजित भईन् ।
कक्षा ४ देखि १० सम्मका सात सय पचपन्न जना विद्यार्थी मतदाताले भाग लिएको सो निर्वाचनमा कुल ६ सय ६९ मत खसेकोे मुख्य निर्वाचन आयुक्त जयराम पुनले वताए । विहान ११ वजेवाट शुरु भएको मतदान दिउँसो २ वजेसम्म चलेको थियो ।मतदान लगत्तै खट्टिएका विद्यार्थी पर्यवेक्षक, सुरक्षाकर्मि र प्रत्यासीका प्रतिनिधीको रोहवरमा मुचुल्का गरी कडा सुरक्षा घेराका विच मतगणना गरिएको थियो । ३ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा १६ जना विद्यार्थी खट्टिएका थिए ।निर्वाचनमा विद्यालय क्याप्टेन तर्फ २ जना, उप क्याप्टेनमा ४ जना,वाल क्लवको अध्यक्षमा २ जना र रेडक्रस सर्कलको अध्यक्षमा ३ जना गरी ४ पदका लागी ११ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
विद्यालयको पाठ्यक्रममा नै निर्वाचन र मतदानका विषय समावेश भएकाले पनि प्रयोगात्मक अभ्यासको रुपमा निर्वाचन प्रणाली मार्फत नै पदाधिकारी चयन गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वताए । नवनिर्वाचित पदाधिकारीलाई सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, मुख्य निर्वाचन आयुक्त कृष्णप्रसाद पौडेल, जयराम पुन, बाल क्लव संयोजक तारा अधिकारी, शिक्षक महेन्द्र प्रसाद पौडेलले सपथ गराए ।
निर्वाचनमा सुरक्षाकर्मि, पत्रकार, पर्यवेक्षक, एजेन्ट, स्वयंसेवक र निर्वाचन कर्मचारीको रुपमा विद्यार्थी नै खट्टिएका थिए । यसअघि गत वुधवार मनोनयन दर्ता गरी उम्मेदवारी दिएका प्रत्यासीले विद्यार्थी मतदाताका विच आफना प्रतिबद्घता सार्वजनिक गरेका थिए । मतपत्र वाहेक निर्वाचनका आवस्यक सामाग्री भने निर्वाचन कार्यालय कास्कीले सहयोग गरेको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया