
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित ‘मेलमिलाप सम्बन्धी तालिम समापन समारोहमा प्रमुख अतिथि भट्टले सामुदायिक मेलमिलाप सम्बन्धी असल अभ्यासका पक्षलाई राम्रोसँग ग्रहण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
‘स्थानीयस्तरमा हुनेगरेका विवादको न्यायिक निरूपण गर्न र मेलमिलाप मध्यस्थताको लागि मेलमिलापकर्तालाई यो तालिम महत्वपूर्ण र आवश्यक पनि हो ।’ उहाँले भन्नुभयो – ‘सूचीकृत मेलमिलापकर्ताले न्यायिक प्रक्रियामा सहभागी भई गरेको योगदानको म प्रशंसा गर्दछु ।’
बैकल्पिक उपायहरु वार्ता, मेलमिलाप र मध्यस्थताबाट विवाद समाधान गर्ने अभ्यास बढी प्रचलनमा आएको अवस्थामा स्थानीय न्यायिक समितिको व्यवस्था यसैको उपज रहेको भन्दै भट्टले नेपालको संविधानले स्थानीय सरकारले न्यायिक अधिकार अभ्यास गर्न पाउने परिकल्पना गरेबमोजिम न्यायिक समिति सक्रिय रहेको बताउनुभयो ।
संविधान र कानुनप्रतिको विश्वास, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायिक सुशासनको मूल्य मान्यता अंगीकार गरी कानुनको परिपालना गर्दै निष्पक्ष न्याय सम्पादन गरी नागरिकलाई न्याय सुनिश्चित गर्नु यो समितिको मूल कर्तव्य रहेको उहाँको भनाई छ ।
‘मेलमिलाप विवाद समाधानको वैकल्पिक विभिन्न उपायमध्ये सर्वोत्तम उपाय हो । जीत–जीत तथा लाभ–लाभको अनुभूति गर्दै कम खर्चमा तत्काल न्याय प्राप्त हुने प्रक्रिया नै मेलमिलाप हो ।’ उहाँले भन्नुभयो – ‘आफैले रोजेको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष सहभागी भई छलफल गरी चित्त बुझ्ने गरी विवादको टुङ्गो लगाउने माध्यम नै मेलमिलाप हो । मेलमिलापकर्ताले विवादका विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्दछन् ।’
स्थानीय न्यायिक समितिमा जननिर्वाचितमध्येबाट पदमा बहाल रहने हुँदा न्यायिक निरुपणमा निष्पक्ष र तटस्थ बन्नुपर्ने अनिवार्यता रहेको उहाँको भनाई छ । ‘परस्पर विरोधी सवालमा सन्तुलित कार्य सम्पादन गर्न समितिसमक्ष यो ठूलो चुनौती हो । दक्षताको सीमितता, सीमित श्रोत साधन, न्यायिक समिति प्रमुख उपाध्यक्ष एवं उपप्रमुख हुने हुँदा बहुल जिम्मेवारीका कारण कार्यसम्पादनमा कठिनाई भएको पाएको छु ।’
पोखरा महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरुको लागि उपप्रमुखको प्रत्यक्ष निगरानीमा महिला कानुनी परामर्श तथा सहायता कक्ष सञ्चालन गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यसले महिला कानुनी परामर्श, निवेदनको मस्यौदा लेखन सहयोग र अन्य आवश्यक सहयोग मिल्दा नागरिकलाई सहजता प्रदान गर्ने उहाँको भनाई छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया