
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको शुक्रबार साँझ भव्य बिदाई गरिएको छ ।
कोटहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले नेपाली काठमा हातले शिवको तस्बिर कुँदिएको मायाको चिनोसहित उनको बिदाई गरेका हुन् । बिदाईमा महाराज, कोटीहोम आयोजक समितिका सहसंयोजक युवक लामिछानेलगायतले देवीलाई डालाका डाला पुष्पार्पण गरेका थिए ।
उनको बिदाईमा कोटीहोम स्थल दुलही अन्माएपछिको घर जस्तै बनेको थियो भने रातिसम्म बसेका हजारौँ भक्तजन भावविह्वल बनेका थिए ।
सो अवसरमा बोल्ने क्रममा महाराजजीले बोल्ने आँटै नआएको भन्दै भावुक बन्न खोजे तर सम्हालिएर बोले । हामी सबै पृथ्वीमा निकै छोटो समयका लागि आएको भन्दै उनले गण्डकी कोटीहोम अत्तराद्र्धमा आएको र देवी प्रतिभा सबैको मन मुटुमा बस्न सफल भएको बताए ।
‘देवी प्रतिभा जसको बारेमा जसले जति लेखे पनि कमै हुन्छ, सर्वगुणले भरिपूर्ण हुनुहुन्छ, उहाँका प्रत्येक वाणी अमृत सरह हुन्छ’, उनले प्रशंसा गरे ।
‘देवी प्रतिभाले भारतमा कैयौँ कार्यक्रम छाडेर, ४५ घण्टा भन्दा लामो यात्रा गरेर पोखरा आउनु भयो, यो जत्तिको महत्वपूर्ण अन्य केही हुन सक्दैन’, महाराजले भने, ‘देवी प्रतिभा र राधिका दासी मेरा दुई नयन हुनुहुन्छ ।’
उनले भावकु हुँदै थपे, ‘बिदाई शब्द सुन्नै चाहन्न तर बाध्यताले नै बिदाईका लागि म मञ्चमा उभिइरहेको छ, मेरा गोडा लगलग कापिरहेका छन् ।’ महाराजजीले यसो भनिरहँदा देवी प्रतिभाका आँखाबाट बर्बर्ती आँसु खसिरहेका थिए ।
महाराजजीले नेपालको सात वटै प्रदेशमा कोटीहोम सञ्चालन गर्ने उद्घोष गरे ।
प्रवचन दिने क्रममा शुक्रबार देवी प्रतिभाले ‘भोलिबाट मेरो आवाज सुन्न पाउनुहुने छैन, त्यसैले आजै जोड से बोलौँ, प्रेम से बोलौँ’, भन्दा भक्तजनले हात उठाएर ठूलो आवाजमा ‘राधे राधे’ भनेका थिए ।
कोटीहोममा देवी प्रतिभाको यो सहभागिता दोस्रो हो । उनले यसअघि पनि १४ दिनसम्म प्रवचन दिएकी थिइन् ।
उनको बिदाईमा ‘देवीजी दोस्रो चोटी पोखरा आउनु भो, हामीलाई मोहनी लाउनुभो’ जस्ता संगीतमय गीत प्रस्तुत गरिएको थियो ।
गीतमार्फत नै पोखरेलीलाई कहिल्यै नभुल्न देवीसँग आग्रह गरिएको थियो । देवीको टिममा सहभागी सबैलाई सम्मानसहित बिदाई गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया