
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । “यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रुपान्तरणको अभियानमा कोशेढुङ्गा सावित हुनेछ ।”, उनले भने । प्रदेश सरकारको ७०% र पोखरा महानगरको ३०% लगानीमा उक्त केन्द्र संचालन हुने भनाई उनको छ । “संचालनको स्पष्ट मोडालिटी नहुँदा अहिलेसम्म समस्या भएको थियो । अब त्यस्तो समस्या छैन । पुनस्र्थापना केन्द्र संचालनका लागि स्पष्ट कार्यविधि बनाइएको छ । सोहिअनुसार संचालन हुनेछ ।”, उनले भने ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ८४ वटै पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको उल्लेख गरे । अब मनोसामाजिक परामर्शदाता पनि पालिकासँग सहकार्य गरेर पठाउने सुरुवात भएको उनको भनाई छ । आत्महत्या दर शून्यमा झार्ने लक्ष्य सहित प्रदेश सरकार लागि रहेको उनले बताए । राज्यले अभिभावकत्व ग्रहण गर्दै पुनस्र्थापना कार्यक्रमलाई अगाडि बढाउने कुरामा विश्वस्त हुन उनको आग्रह छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन आफ्नो कार्यकालको महत्वपूर्ण कार्य भएको बताए । पुर्नस्थापना केन्द्र संचालनमा गण्डकी सरकारबाट कुुनै समस्या नरहने र बजेट व्यवस्थापन समेत त्यहिअनुरुप हुने उनले जानकारी गराए । हिंसापिडित महिलाहरुलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुर्नस्थापना केन्द्र संचालनमा आएको मन्त्री थापाले बताएका छन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फण्डकै कारण योजनाहरू अलपत्र पर्नु नहुने बताए । प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मको सेवामा सहकार्य गर्ने भनाई उनको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट संचालन हुनेगरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राखे । प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी रिजल्ट दिने ढंगले अगाडि बढ्नुपर्ने औंल्याए ।
कार्यक्रममा कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृह हुनुपर्छ भन्ने उद्देश्यले आफुहरु लागेको र त्यसले सार्थकता पाएको बताइन् । “संरचना तयार भए पनि कार्यान्वयन हुन नसक्नु दुःखद थियो । तर अब सरकार संवेदनशील बनेको आभाष भएको छ ।”, उनले भनिन् ।
पुनस्र्थापना केन्द्र संचालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबीच समझदारी भए तापनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो । सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको विशेष पहलमा उक्त केन्द्र अहिले संचालनमा आएको हो ।
केन्द्रको उद्घाटनसँगै अहिले घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरूको दीर्घकालीन पुनस्र्थापनाको थालनी हुने विश्वास गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सांसद भीम कार्की, रेखा गुरुङ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी लगायतले बोलेका थिए ।
समाजमा दीर्घकालीन पुनस्र्थापनाको आवश्यकता र यसको प्रभावकारितालाई मध्यनजर गर्दै उद्घाटन भएको यो केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनस्र्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया