SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/१५ गते
    १४० &#२३४६;&#२३३५;&#२३२५;

    हेमजा । हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । विहिवार भएको वडा न।२५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित समयमा दुवै टिमले २÷२ गोल बाराबरीको नतिजा निकाल्दा खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न।१ ले वडा नं।२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी नंं। ७ का ईश्वर गुरुङ, जर्सी नंं।१० का मिलन गुरुङ, जर्सी न।२ का अन्तिम गुरुङ, जर्सी न। १६ का असीम र जर्सी न।९ का बासूँ जी।सिले क्रमशः १÷१ गोल गरेका थिए । वडा न।१ का जर्सी नं।९ का बासूँ जी।सी उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

    सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं। १५ ले वडा न।५ लाई ४–१ को गोल अन्तरले पछि पार्दै वडा न।१५ले फाइनलको यात्रा शुनिशच्ति ग¥यो । जितका लागि वडा १५ का जर्सी न। २३ का इन्द्र थापाले २ गोल गरे साथै जर्सी न।१२ का मिलन गुरुङ र जर्सी न। ७७ का सोम गुरुङ, १÷१ गोल गरे । उक्त खेलमा वडा न।१५ का जर्सी न।१२ का मिलन गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

    जेष्ठ १७ गते वडा न। १ र १५ विचको फाइनल खेल दिनको ठिक १स्०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुवारले जानकारी दिए ।

    यता युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उप–विजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।

    जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न। २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं