
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत ।विभिन्न कार्यक्रमहरू सहित रजत जयन्ती मनाइरहेको पर्वत मिलन महिला समूहले तीन दिने कार्यक्रमहरू अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ ।
कमजोर आर्थिक अवस्था सहित विभिन्न समस्या भोगिरहेका बालबालिकाहरूको अध्ययनमा सहयोग गर्ने उद्देश्यले सदरमुकाम कुश्मा बजारमा रहेको बाल मन्दिर प्राथमिक विद्यालयमा पोसाक वितरण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत धेरै बालबालिकाहरू कमजोर आर्थिक अवस्थाकाबीच पनि सङ्घर्ष गर्दै अध्ययनलाई अगाडि बढाइरहेकोले उनीहरूलाई पोसाक सहयोग गरिएको समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् । समूह स्थापना भएको २५ वर्षको अवसरमा मनाइरहेको तीन दिने कार्यक्रमहरू अन्तर्गत दोस्रो दिनको उक्त कार्यक्रममा विद्यालयका ६० जना विद्यार्थीहरूलाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताउँदै उनले समूहले आगामी दिनमा पनि सामाजिक कार्यहरूलाई निरन्तरता दिने बताइन् ।
पोसाक वितरण कार्यक्रममा सहभागी कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले महिला नेतृत्वमा चलिरहेको समूहले गरेको काम प्रशंसनीय रहेको बताइन् । गृहस्थ जीवन सहित काममा व्यस्त हुँदा हुँदै पनि समय व्यवस्थापन गरेर सामाजिक काम जुट्नु खुसीको कुरा भएको बताउँदै उनले महिला एकता र नेतृत्व क्षमतामा समूहले महत्त्वपूर्ण योगदान गरेको बताइन् । न्यून आर्थिक अवस्थाका कारण पोसाक र अन्य सामग्रीहरू जुटाउन समेत समस्या भोगिरहेका बालबालिकाहरूलाई क्लबले पोसाक सहयोग गर्दा उनीहरूलाई केही भए पनि राहत भएको भन्दै उनले आफूले पनि समूहका कामहरूमा सहकार्य गर्ने मनसाय व्यक्त गरिन् ।
कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्माले समूह स्थापनाको रजत जयन्तीको अवसरमा आयोजना भइरहेका कामहरूले समाजमा असल उदाहरण छाडेको बताए । महिलाहरू गृहस्थ जीवनमा मात्रै व्यस्त हुन्छन् भन्ने मान्यतालाई मन्छाउँदै उनीहरू पनि समाजसेवामा तल्लीन छन् भन्ने कुरा समूहका क्रियाकलापहरूले पुष्टि गरेको उनको भनाइ छ ।
समूहले गरेको सहयोगप्रति विद्यालयका प्रधानाध्यापक लोकबहादुर रानाले आभार व्यक्त गरे । समूह स्थापनाको अवसरमा विभिन्न कार्यक्रमहरू गरिरहेको समूहले सहयोगका लागि आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई छनोट गरेकोमा आगामी दिनमा बालबालिकाहरूको सहकार्यलाई निरन्तरता दिन अनुरोध गरे ।
समूहको मातृ संस्था पर्वत मिलन क्लबका अध्यक्ष झलक कार्की, नेवाः दव दवुका जिल्ला अध्यक्ष तथा क्लबका सल्लाहकार विष्णुप्रसाद नेवार लगायतको सहभागितामा भएको कार्यक्रममा स्वागत समूहकी उपाध्यक्ष सीता शर्माले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव कमला श्रेष्ठले गरेकी थिइन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया