
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत ।विभिन्न कार्यक्रमहरू सहित रजत जयन्ती मनाइरहेको पर्वत मिलन महिला समूहले तीन दिने कार्यक्रमहरू अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ ।
कमजोर आर्थिक अवस्था सहित विभिन्न समस्या भोगिरहेका बालबालिकाहरूको अध्ययनमा सहयोग गर्ने उद्देश्यले सदरमुकाम कुश्मा बजारमा रहेको बाल मन्दिर प्राथमिक विद्यालयमा पोसाक वितरण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत धेरै बालबालिकाहरू कमजोर आर्थिक अवस्थाकाबीच पनि सङ्घर्ष गर्दै अध्ययनलाई अगाडि बढाइरहेकोले उनीहरूलाई पोसाक सहयोग गरिएको समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् । समूह स्थापना भएको २५ वर्षको अवसरमा मनाइरहेको तीन दिने कार्यक्रमहरू अन्तर्गत दोस्रो दिनको उक्त कार्यक्रममा विद्यालयका ६० जना विद्यार्थीहरूलाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताउँदै उनले समूहले आगामी दिनमा पनि सामाजिक कार्यहरूलाई निरन्तरता दिने बताइन् ।
पोसाक वितरण कार्यक्रममा सहभागी कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले महिला नेतृत्वमा चलिरहेको समूहले गरेको काम प्रशंसनीय रहेको बताइन् । गृहस्थ जीवन सहित काममा व्यस्त हुँदा हुँदै पनि समय व्यवस्थापन गरेर सामाजिक काम जुट्नु खुसीको कुरा भएको बताउँदै उनले महिला एकता र नेतृत्व क्षमतामा समूहले महत्त्वपूर्ण योगदान गरेको बताइन् । न्यून आर्थिक अवस्थाका कारण पोसाक र अन्य सामग्रीहरू जुटाउन समेत समस्या भोगिरहेका बालबालिकाहरूलाई क्लबले पोसाक सहयोग गर्दा उनीहरूलाई केही भए पनि राहत भएको भन्दै उनले आफूले पनि समूहका कामहरूमा सहकार्य गर्ने मनसाय व्यक्त गरिन् ।
कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्माले समूह स्थापनाको रजत जयन्तीको अवसरमा आयोजना भइरहेका कामहरूले समाजमा असल उदाहरण छाडेको बताए । महिलाहरू गृहस्थ जीवनमा मात्रै व्यस्त हुन्छन् भन्ने मान्यतालाई मन्छाउँदै उनीहरू पनि समाजसेवामा तल्लीन छन् भन्ने कुरा समूहका क्रियाकलापहरूले पुष्टि गरेको उनको भनाइ छ ।
समूहले गरेको सहयोगप्रति विद्यालयका प्रधानाध्यापक लोकबहादुर रानाले आभार व्यक्त गरे । समूह स्थापनाको अवसरमा विभिन्न कार्यक्रमहरू गरिरहेको समूहले सहयोगका लागि आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई छनोट गरेकोमा आगामी दिनमा बालबालिकाहरूको सहकार्यलाई निरन्तरता दिन अनुरोध गरे ।
समूहको मातृ संस्था पर्वत मिलन क्लबका अध्यक्ष झलक कार्की, नेवाः दव दवुका जिल्ला अध्यक्ष तथा क्लबका सल्लाहकार विष्णुप्रसाद नेवार लगायतको सहभागितामा भएको कार्यक्रममा स्वागत समूहकी उपाध्यक्ष सीता शर्माले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव कमला श्रेष्ठले गरेकी थिइन् ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया