
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
शिशिर, पोखरा ।पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालय शिक्षाको मेरूदण्ड नै गुणस्तरीय शिक्षा भएको बताउँदै, शैक्षिक विकासमा सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो।
उहाँले गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत, विकास कुमार आचार्य, कल्पना सुनार, रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य डिल्लीराम पौडेल, चन्दादाता सन्तोष भण्डारी, भारती भवन माविका प्रधानाध्यापक नेत्र बहादुर आले, एमालेका वडा कमिटीका अध्यक्ष कमल प्रसाद बास्तोला, रेडक्रस सोसाइटी उपशाखा १९ का अध्यक्ष रमेश विश्वकर्मा लगायतले न्युन विद्यार्थी भएका विद्यालयलाई मर्ज गरेर भए पनि शैक्षिक गुणस्तर सुधारका लागी प्रयास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा दीर्घ सेवा सम्मानबाट विद्यालयका प्रअ बासुदेव पौडेल, सहायक प्रअ नन्दराज दाहाल, शिक्षक शर्मिला उचै र कर्मचारी राजेन्द्र पौडेल सम्मानित भए। त्यस्तै वर्ष उत्कृष्ट शिक्षकबाट सुरज अधिकार र एस इ इमा उत्कृष्ट जिपिए ल्याउने असिम सुनारलाई सम्मान गरिएको छ। उनीहरूलाई वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले सम्मान पत्र र दोशल्ला प्रदान गरे । कार्यक्रममा विद्यालयका प्रअ बासुदेव पौडेलले वार्षिक प्रतिवेदन पेश गरे ।
सोही अवसरमा शिक्षासेवी डिल्लीराम पौडेलले आफ्ना मातापिताको स्मृतिमा अक्षयकोष स्थापना गरे भने अर्जुन अधिकारी र पंडित ऋषिराम पौडेलले अक्षयकोषमा रकम थप गरे । सोही अवसरमा रेडक्रस सोसाइटी उपशाखा पोखरा १९ ले विद्यालयलाई सरसफाई सामाग्री हस्तान्तरण गर्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षता भएको कार्यक्रममा स्वागत शिक्षक शरदराज सापकोटा, विद्यार्थी कृपा पौडेल र संचालन सहायक प्रअ नन्दराज दाहालले गरेका थिए।
कार्यक्रममा विद्यार्थीले विभिन्न मौलिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए। विसं २०४७ सालमा एमाजी कल्चरल फाउण्डेशन जापानको सहयोगमा विद्यालय स्थापना भएको हो ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया