
१अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
८मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
९शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
१२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
७विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
८गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
९मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
१२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौडा गाउँमा बिहीबार बिहान साढे ९ देखि १० बजेसम्म बालबालिकाको चहलपहल थियो । उनीहरू स्कुल ड्रेसमा सजिएर निजी विद्यालयतर्फ लम्किरहेका थिए । कोही स्कुल बस चढिरहेका थिए भने कोहीलाई अभिभावकले हात समातेर विद्यालयसम्म पुर्याइरहेका थिए ।
कुम्हरौडाको उत्तरबारी टोलमा साढे ९ बजेतिर सडक छेउको रुखको छहारीमा केही बालबालिकासँगै खेलिरहेका थिए, जयराम ठाकुर । लक्ष्मीनिया बजारस्थित श्री लक्ष्मीनिया जनता माध्यमिक विद्यालय, कुम्हरौडामा अध्ययनरत जयराम हालै मात्र कक्षा ८ उत्तीर्ण गरी ९ कक्षामा प्रवेश गरेका विद्यार्थी हुन् ।
शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं गएपछि विद्यालय बन्द छ । जयराम विद्यालय खुल्ने प्रतीक्षामा छन् । उनलाई निजीका विद्यार्थी जस्तै आफ्नो विद्यालय गएर पढ्न मन छ ।
‘हामी सरकारी स्कुलमा पढ्छौं । निजी स्कुल खुलिसके, हाम्रो बन्द छ । सरहरू आन्दोलनमा जानुभएको छ,’ जयरामले भने, ‘अब खुल्छ–खुल्छ भन्छन्, तर कहिले खुल्छ थाहा छैन । साँझ–बिहान घरमै पढ्छु, बाँकी समय साथीहरूसँग खेलेर बिताउँछु ।’
त्यही समूहमा खेल्दै थिए, मनिष ठाकुर । उनी कक्षा ४ बाट ५ मा पुगेका छन् । निकु साह कक्षा ५ बाट ६ मा पुगेका छन् भने राजा मण्डलले ६ कक्षा दोहर्याएका छन् । उनीहरु सबै विद्यालय खुल्ने पर्खाइमा छन् । विद्यालय बन्द हुँदा उनीहरू प्रायः समय कबड्डी, पिलिप्याड जस्ता खेल खेलेर समय बिताउँछन् । नयाँ शैक्षिक सत्र सुरु नहुँदा ट्युसन समेत पढ्न सुरु नगरेको उनीहरूको भनाइ छ ।
‘स्कुल गएर नयाँ कक्षामा पढ्न मन छ । तर स्कुल बन्द छ । त्यसैले दिनभरि हामी यसरी ग्रुपमा खेल्छौं,’ निकुले भने, ‘स्कुल चाँडै खुल्छ भन्ने आशा छ ।’
जगरनाथ साह
छोरी पढ्ने विद्यालय बन्द हुँदा स्थानीय जगरनाथ साह हलुवाइ चिन्तित छन् । उनका दुई छोरी आरती कक्षा ६ र नेहा कक्षा ३ मा लक्ष्मीनिया माविमै पढ्छन् । निजी विद्यालयमा अरुका छोराछोरी नियमित जान थालेको देख्दा जगरनाथको मन भारी हुन्छ ।
‘दुईटी छोरी सरकारी स्कुलमा पढ्छन् । स्कुल अहिलेसम्म खुलेको छैन । निजीमा सबैका बच्चा जान्छन्, तर हाम्रो आर्थिक हैसियतले त्यहाँ पठाउन सक्दैनौं,’ उनले पीडा पोखे, ‘छोरीहरू दिनभरि घरमै अलिअलि काम गर्छन् र खेलेर बस्छन् । यसरी त उनीहरूको भविष्य बर्बाद हुन्छ ।’
जयराम भन्छन्– सरहरू आन्दोलनमा जानुभएको छ । निजी स्कुल खुलिसके, हाम्रो बन्द छ । खुल्छ–खुल्छ भन्छन्, तर कहिले खुल्छ थाहा छैन । साँझ–बिहान घरमै पढ्छु, बाँकी समय साथीहरूसँग खेलेर बिताउँछु ।
गरिबका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने भएकाले शिक्षक आन्दोलन चाँडो अन्त्य होस् र गुणस्तरीय पढाइमा ध्यान जाओस् भन्ने जगरनाथको चाहना छ ।
बिहीबार बिहान करिब १० बजे लक्ष्मीनियाँ गाउँपालिका–७ कुम्हरौडा दक्षिणबारी टोलको मुसहर वस्ती नजिकको बाँझो खेतमा केही बालबालिका क्रिकेट खेलिरहेका थिए । कक्षा २ बाट ३ मा उक्लिएका आशिक सदा, विशाल सदा लगायतका बालबालिका त्यहाँ खेलिरहेका थिए । सामुदायिक विद्यालयमा पढ्ने मुसहर वस्तीका बालबालिका दिउँसो डेढ घण्टा गाउँमै निःशुल्क ट्युसन पढ्छन् । बाँकी समय खेलेर बिताउँछन् ।
‘परीक्षा भएको एक महिना भइसक्यो तर स्कुल खुलेको छैन,’ आशिकले भने, ‘हामी दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म गाउँमै निःशुल्क ट्युसन पढ्न जान्छौं । बाँकी समय यसरी नै खेल्छौं ।’
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका आदित्य राय पनि विद्यालय खुल्ने पर्खाइमा छन् । उनी श्री माध्यमिक विद्यालयका विद्यार्थी हुन् । यसपालि कक्षा ७ बाट ८ मा उक्लिएका छन् । विद्यालय बन्द भएकाले उनको दिनचर्या गाईभैँसीको हेरचाह र घरमै पढेर बितिरहेको छ ।
‘स्कुल बन्द छ । त्यसैले साँझ–बिहान घरमै पढ्छु । दिउँसो गाइभैँसीको रेखदेख गर्छु । स्कुल चाँडै नखुलेर पढाइ बिग्रिएको छ,’ उनले भने ।
निजी विद्यालयको पठनपाठन सुरु भइसक्दा सामुदायिक विद्यालय बन्द रहेकोमा स्थानीय फुलोदेवी राउत चिन्तित छन् । विद्यालय बन्दले आफ्नो नातिको पढाइमा समस्या भएको उनको भनाइ छ ।
‘सबैका छोराछोरी बोर्डिग पढ्न जान्छन् । म गरिब मान्छे । नाति सरकारी स्कुलमा पढ्छ । तैपनि, बन्द छ । नातिको पढाइ बिग्रियो,’ उनको चिन्ता छ ।
जनकपुर रजौलको जनता माध्यमिक विद्यालयमा कक्षा ६ बाट ७ मा प्रवेश गरेका सतिशको पनि चिन्ता उही छ । उनको छरछिमेकका धेरैजसो बालबालिका निजी स्कुलमा पढ्छन्, उनलाई खेल्ने साथी पाउन समेत मुस्किल छ, पढाइ त परै जाओस् ।
‘मेरो घरछेउका धेरै साथीहरू निजी स्कुलमा पढ्छन् । मेरो स्कुल खुलेको छैन । त्यसैले यता खेल्न आएको छु । पढ्न जाने मन छ । तर स्कुल कहिले खुल्छ ठेगान छैन,’ सतिशले सुनाए ।
यी त केही उदाहरण मात्र हुन् । शिक्षकहरू अनिश्चितकालीन रूपमा विद्यालय बन्द गरेर आन्दोलन गर्न हिँडेपछि देशभरिका सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावक अन्योलमा छन् ।
खासगरी मधेशका धेरै सामुदायिक विद्यालयको पढाइको गुणस्तरमाथि प्रश्न छ । त्यसैले आर्थिक रूपमा कमजोर परिवारका धेरैजसो बालबालिका सामुदायिक विद्यालयमा पढ्छन् ।
कुम्हरौडाकी फुलो खातुन सरकारी विद्यालयमा राम्रो पढाइ नहुँदा आफ्ना पाँच नाति–नातिनालाई बोर्डिङ स्कुलमा पढाउन बाध्य भएको बताउँछिन् ।
‘मेरो छोराछोरी सरकारीमै पढे । तर पढाइ ठिक छैन । सरहरू राम्ररी पढाउनु हुन्न । त्यसैले अहिले जेनतेन पाँच नाति–नातिनालाई बोर्डिङमा पढाउँदै छु । शुल्क तिर्नै धौधौ पर्छ । निजीमा पढाउनु हाम्रो रहर होइन, बाध्यता हो,’ उनले गुनासो पोखिन् । अनलाइन खबर बाट साभार


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय

प्रतिक्रिया