
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
८आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा। सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदाम र लियो क्लब अफ पोखरा संगमको आयोजनामा पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर भएको छ । पोखरा ६ लेकसाइडका सामुदायीक प्रहरी सेवा बैदामको कार्यालयमा भएको शिविरमा करिब १ सय २५ जनाले स्वास्थ्य सेवा लिएका छन् । पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिकि तथा पोखरा महानगरपालिका वडा नम्बर ६ को सहकार्य रहेको थियो ।
मुख, गिजा तथा दन्त स्वास्थ्य शिक्षा दिने उद्देश्यले आयोजना भएको कार्यक्रममा कसरी मुख, गिजा तथा दातलाई स्वास्थ्य राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएको थियो । सेन्टरकी प्रशिक्षक दशमी गुरुङले स्वस्थ रहन मुख, गिजा र दाँत सफा राख्नु पर्ने बताइन् । उनले मुख स्वास्थ्य भनेको दाँत मात्र नभई गिजा, जिब्रो, भित्रको गालासमेत रहेको बताइन् । दाँत मात्र माँझेर मुख सफा वा स्वस्थ नहुने उनको भनाई छ । दाँतका साथसाथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्नु पर्ने उनको भनाई छ ।
शिविरमा सबै भन्दा बढि दाँतमा किरा लागेका विरामीहरु आएको सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर बरालले बताए । उनले किरा लागेर दाँत टुक्राटुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या भएर दाँत झर्ने तथा सुन्निने समस्या भएका विरामी धेरै आएको बताए ।
शिविरमा स्वदेशी तथा विदेशी नागरीकले स्वस्थ्य सेवा लिएका थिए । नेपालमा दाँतको समस्या भएका विरामी धेरै हुने भएकाले आफुहरुले शिविर राखेको लियो क्लब अफ संगमका अध्यक्ष सगुन पौडेलले बताए ।
शिविरको उद्घाटन कार्यक्रममा लायन्सका पुर्व गर्भनर दिपक श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य दिपेन्द्र पहारी, सामुदायीक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पुर्व अध्यक्ष पम्फा पहारी, लियो क्लब अफ संगमका सचिब आरम्भ पहारी लगाएतले लायन्स, सामुदायीक प्रहरी र मुख, गिजा र दाँतको सफाइका बारेमा चर्चा गरेका थिए । उनीहरुले दिनको दुई पटक दाँत माझ्ने, जहिले पनि मञ्जन प्रयोग गर्ने लगाएतका कुरामा ध्यान दिनु पर्ने बताएका थिए । शिविरमा डाक्टर विनिता ढुङ्गाना, आरडिएच सुनिल घले, अन्जली गुरुङ, रेजिया लगाएतले शिविरमा सेवा प्रदान गरेका थिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया