
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा। पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ ।
उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरू कलावती र भद्रकली पराजुलीले नयाँ वर्षकै दिन सोमबार संयुक्त शिलान्यास गरे । भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।
वडाध्यक्ष बरालले वडा नं. ५ को गर्वलायक शैक्षिक संस्था शान्ति निकेतन वडाको सम्पति भएको र शैक्षिक सेवा विस्तार गर्ने उद्देश्यका साथ भौतिक संरचना निर्माणतर्फ केन्द्रीत रहेकोमा खुशी व्यक्त गरे । उनले सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यास आदानप्रदान हुनुपर्ने भन्दै त्यसले शैक्षिक गुणस्तर वृद्धिमा भूमिका खेल्ने औँल्याए ।
शिक्षासेवी हेरम्बप्रसाद कोइरालाले भवन निर्माणसँगै पोखराको शिक्षा क्षेत्रमा योगदान पुग्ने औंल्याए । गण्डकी बोर्डिङका पूर्व प्राचार्य रविप्रसाद बरालले पोखराको शैक्षिक इतिहासमा शान्ति निकेतनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै शिक्षा साझा विषयवस्तु रहेको उल्लेख गरे ।
हिसान कास्कीका सचिव एवं प्रतिभा माविका प्राचार्य किरण सापकोटाले शान्ति निकेतनलाई पोखराको अब्बल शैक्षिक संस्थाको संज्ञा दिए । त्यस अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सचिव एवं पूर्व जनप्रतिनिधि अञ्जु केसी, पोखरा महानगरकार्यपालिका सदस्य हरिमाया विश्वकर्मालगायतले पनि धारणा राखे ।
विद्यालयका संस्थापक प्राचार्य डा. पराजुलीले सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने मान्यतामा साथ विद्यालय अगाडि बढिरहेको चर्चा गर्दै अभिभावकको सुझाव ग्रहण गरी भवन निर्माण थालिएको स्पष्ट पारे । विद्यालय अध्यक्ष कृष्णमणि भुर्त्यालको अध्यक्षतामा भएको कार्यक्रम समाजसेवी पुरुषोत्तम पराजुलीले संचालन गरेका थिए ।
सोमबार शिलान्यासपछि पत्रकार सम्मेलन गर्दै विद्यालयले आगामी शैक्षिक रणनीतिका बारेमा पनि जानकारी दिएको छ । संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयको २० वर्षको गौरवमय शैक्षिक यात्राबारे जानकारी गराए ।
‘२०६२ सालमा युवाहरूको पहलमा स्थापित यस विद्यालयको शैक्षिक गुणस्तरीयताबारे हामी गर्वका साथ भन्न सक्छौं कि पोखरा क्षेत्रका साढे दुई सय विद्यालयमध्ये विभिन्न परीक्षामा उत्कृष्ट स्थान हासिल गरी हामी पटक पटक सम्मानित भएका छौँ । ४ जिपिए प्राप्त गर्ने विद्यार्थी उत्पादन भइसकेको छ ।’ – डा. पराजुलीले भने ।
प्राचार्य पराजुलीले विद्यालयले आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रीत शिक्षा प्रणालीमा विश्वास राख्ने उल्लेख गरे । ‘अत्याधुनिक भौतिक संरचना भित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने क्रममा हामी केवल पाठ्यक्रम र परीक्षा आधारित शिक्षामा मात्र केन्द्रीत रहनेछैनौँ । शिक्षण पद्धति अनुसन्धानमूलक र खोज विधिमा आधारित रहनेछ ।’ उनले थपे – ‘विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ । विश्व बजारमा प्रभुत्व जमाउने गरी भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्नु मुख्य ध्येय रहनेछ ।’
शान्ति निकेतन स्कुलको नयाँ भवन बागलुङ राजमार्गबाट १०० मिटर भित्र पोखरा ५ को धारापानीमार्गमा निर्माण हुने जनाइएको छ । पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन भइरहेको छ भने नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठनपाठन गराउने उनले सुनाए । उनले आगामी २०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिने सुनाए ।
पराजुलीले भने, ‘लागत बढ्दैमा हामीले शुल्क वृद्धि नगर्ने र समय सापेक्ष शुल्क निर्धारण गर्ने प्रतिबद्धता जनाएका छौं । भूकम्पप्रतिरोधी नयाँ भवनमा अपांगता मैत्री सुविधाहरू, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, स्मार्ट क्लासरूम, डिजिटल उपकरणहरू, कम्प्युटर ल्याब, साइन्स ल्याब र वल्र्ड क्लास डिजिटल लाइब्रेरीको व्यवस्था हुनेछ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले पनि विद्यालयका सबै प्रगतिको पक्षमा उल्लेख गर्दै सबैलाई शुभकामना दिएका छन् । उनले नयाँ संरचनाले विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने र भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शान्ति निकेतन स्कूल अघि बढ्ने बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया