
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको उनको भनाइ थियो । यसले स्थानीय तहमा गठित प्रज्ञा प्रतिष्ठानलाई थप बलियो र गतिशील बनाउन आवश्यक सहकार्य गर्ने वातावरण निर्माण गरेको उनको भनाइ छ ।
प्रतिष्ठानको टोली पुतलीबजार प्रज्ञा प्रतिष्ठानमा पुग्दा कुलपति विश्वप्रेम अधिकारीले प्रतिष्ठानको हालको अवस्था र गरिएका कार्यको बारेमा बताएका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका अवलोकन टोली समक्ष कुलपति, उपकुलपतिका लागि आवश्यक कक्षहरू आवश्यकता परेको उनले सुनाए । प्रतिष्ठानको लागि बजेटको समेत अभाव रहेको उनको भनाइ थियो ।
पहिलो वर्ष २ लाख बजेट छुट्याइएकोमा यो वर्ष ५ लाख रुपैयाँ बजेट रहेको नियमित गतिविधि गर्नको लागि त्यो पर्याप्त नभएको उनले उल्लेख गरे । राजनीतिक दलका प्रतिनिधिलाई प्रतिष्ठानमा प्रतिनिधित्व गराउनुभन्दा विधागत विज्ञलाई प्राज्ञ बनाउनुपर्नेमा उनले जोड दिए । भेटघाट कार्यक्रममा उपकुलपति दुर्गा बहादुर शाह बाबा, प्राज्ञ राजेन्द्र कुमार श्रेष्ठ, प्राज्ञ सम्झना थापा र प्राज्ञ हिमलाल पुरी सहभागी थिए ।
गल्याङ प्रज्ञा प्रतिष्ठानमा प्रमुख संरक्षक समेत रहेका नगर प्रमुख गुरु प्रसाद भट्टराई, गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराई लगायतले भएका गतिविधि र आगामी योजनाका बारेमा बताए । बजेट न्यून भएको र प्रतिष्ठानको लागि कार्यालय व्यवस्थापन हुन नसकेको अध्यक्ष भट्टराईले गुनासो गरे । नगर प्रमुख भट्टराईले प्रतिष्ठानलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले छोटो समयमा भएका केही गतिविधि मार्फत आशा जागेको उल्लेख गरे ।
छलफल तथा भेटघाट कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राज्ञ सभा सदस्य डिल्लीराम भण्डारी, शिक्षा शाखा प्रमुख तथा प्रतिष्ठानका पदेन सदस्य हिमलाल भण्डारी लगायत सहभागी बनेका थिए ।
गैडाकोट प्रज्ञा प्रतिष्ठानमा कुलपति गोविन्द राज विनोदी सहित पूर्व कुलपति तथा गैडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, उपकुलपति भीम प्रसाद शर्मा, सङ्गीत विभाग प्रमुख अम्मर विरही गुरुङ, प्राज्ञ परिषद सदस्य गोविन्द कोइराला लगायतसँग अन्तरक्रिया सहितको भेटघाट कार्यक्रम गरियो ।
अवलोकन भ्रमण र भेटघाट कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञहरू कृष्ण प्रसाद पौडेल, डिलकुमारी पौडेल, छन्दिका त्रिपाठी, शंकर विरही गुरुङ, राजेन्द्र सापकोटा,राज बहादुर गुरुङ, सरला पाण्डे, गम बहादुर गुरुङ लगायत सहभागी थिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया