
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी पर्वतको अध्यक्षमा युवा नेता बिराज हमाल चयन भएका छन् । सनिवार कुश्मामा सम्पन्न पार्टीको बैठकबाट हमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा हमाल युवा संघ नेपाल जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालय सदस्य, जिल्ला कमिटी पर्वतको सदस्य,उपसचिव, सचिव हुँदै अध्यक्ष बनेका हुन् । गत माघ २६-२७ गतेको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष ठाकुर प्रसाद शर्मा प्रदेश कमिटी सचिवमा निर्वाचित भएपछि जिल्लामा अध्यक्ष पद खाली भएको थियो ।
रिक्त पदमा बैठकले हमाललाई पदपूर्ति गरेको हो । त्यस्तै पार्टीको सचिवमा बिधान पौडेल चयन भएका छन् । पौडेल यसअघि सचिवालय सदस्य थिए । जिल्ला कमिटी अध्यक्षमा चयन भएका हमालले पार्टीलाई सशक्त बनाउदै जनमुखी कार्य गर्ने बताएका छन् । पार्टीको संगठन सुदृढीकरण गर्दै पालिका तथा वडा स्तरमा प्रशिक्षण तथा कमिटी बिस्तार, भातृ तथा शुभेच्छुक संस्थाको पुर्नगठन गर्ने काममा जोड दिने बताए ।
बैठकमा बोल्दै गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले पार्टीको नीति र विधि अनुसार पार्टीलाई क्रियाशिल बनाउदै जनमुखि कार्य संचालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपालीले जनगुनासो संकलन गरि जनताको चाहाना अनुसार पार्टीले काम गर्ने बताए ।
केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरेका छन् ।बैठकमा केन्द्रिय लेखा आयोग सदस्यमा निर्वाचित बैकुण्ठ भुसाल, गण्डकी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष कृष्ण नेपाली,सचिव ठाकुर प्रसाद शर्मा प्रदेश कमिटी सदस्यहरु हरि प्रसाद सुवेदी, यज्ञ प्रसाद बस्याल, सुवास रोक्का, महमद साहब अली लगायतलाई सम्मान समेत गरिएको छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया