
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा । भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच २०८२ सालको भित्तेपात्रो विमोचनका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले पछिल्लो समय समाज नकारात्मकता तिर अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै बौद्धिक बर्गले सकारात्मक पक्षहरूलाई जोड दिएर समुन्नत समाज निर्माणमा भुमिका खेल्न सक्नु पर्नेमा जोड दिनुभयो । केही भएन, हुँदै हुँदैन जस्ता कुराले समाजलाई झन् बिग्रहमा लैजान सक्ने भन्दै उहाँले समाजसेवामा अगाडी बढेका पाईलाहरुलाई उत्साहित गराउन सक्नुपर्ने बताउनुभयो । सामाजिक काममा भू.पू. विद्यार्थी मञ्चले देखाएको अग्रसरता उदाहरणिय रहेको उहाँको भनाई थियो ।
अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक स्कुलहरुमा पढ्न पठाउदा उनीहरुको बाल अधिकार कै हनन हुने हो कि भन्ने जस्तो अवस्था बनेकोमा चिन्ता व्यक्त गर्दै अधिकारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गराउन सबैले आ-आफ्नो ठाउँबाट पहल गर्न आग्रह गर्नुभयो ।
मञ्चका संस्थापक एवं निबर्तमान अध्यक्ष नबराज अधिकारीले आनन्द ज्योति मा.बि. मा अध्ययन गरेका पुर्व विद्यार्थीहरुलाई गोलबन्ध र संगठित गर्ने उदेश्यका साथ स्थापना गरिएको मञ्चले आफ्ना नियमित गतिविधिलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो । आफू संस्थापक अध्यक्ष भएको नाताले पनि मञ्चका हरेक काममा आफ्नो पुर्ण साथ रहने उहाँको प्रतिबद्धता थियो ।
कार्यक्रममा श्री आनन्द ज्योति मा.बि. विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीले बार्षिक कार्यक्रमको रुपमा भित्तेपात्रो प्रकाशन गरेर संस्थालाई चलायमान राखेकोमा प्रशंसा ब्यक्त गर्दै अझै रचनात्मक कार्यक्रम गर्न सुझाव दिनुभयो।
कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष विकास प्रसाद कडेलले भित्तेपात्रो प्रकाशनको लागि आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने सबै सहयोग दातहरुलाई आभार प्रकट गर्नुभयो ।
मञ्चका अध्यक्ष कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानध्यापक शिवराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारी, सल्लाहकार चन्द्र बहादुर सुबेदी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा -३१ का सभापति केदारनाथ अधिकारी, मञ्चका निबर्तमान सचीव श्रीराम कडेल लगायतले बोल्नु भएको थिए । भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक कृष्णराज आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया