
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच २०८२ सालको भित्तेपात्रो विमोचनका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले पछिल्लो समय समाज नकारात्मकता तिर अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै बौद्धिक बर्गले सकारात्मक पक्षहरूलाई जोड दिएर समुन्नत समाज निर्माणमा भुमिका खेल्न सक्नु पर्नेमा जोड दिनुभयो । केही भएन, हुँदै हुँदैन जस्ता कुराले समाजलाई झन् बिग्रहमा लैजान सक्ने भन्दै उहाँले समाजसेवामा अगाडी बढेका पाईलाहरुलाई उत्साहित गराउन सक्नुपर्ने बताउनुभयो । सामाजिक काममा भू.पू. विद्यार्थी मञ्चले देखाएको अग्रसरता उदाहरणिय रहेको उहाँको भनाई थियो ।
अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक स्कुलहरुमा पढ्न पठाउदा उनीहरुको बाल अधिकार कै हनन हुने हो कि भन्ने जस्तो अवस्था बनेकोमा चिन्ता व्यक्त गर्दै अधिकारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गराउन सबैले आ-आफ्नो ठाउँबाट पहल गर्न आग्रह गर्नुभयो ।
मञ्चका संस्थापक एवं निबर्तमान अध्यक्ष नबराज अधिकारीले आनन्द ज्योति मा.बि. मा अध्ययन गरेका पुर्व विद्यार्थीहरुलाई गोलबन्ध र संगठित गर्ने उदेश्यका साथ स्थापना गरिएको मञ्चले आफ्ना नियमित गतिविधिलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो । आफू संस्थापक अध्यक्ष भएको नाताले पनि मञ्चका हरेक काममा आफ्नो पुर्ण साथ रहने उहाँको प्रतिबद्धता थियो ।
कार्यक्रममा श्री आनन्द ज्योति मा.बि. विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीले बार्षिक कार्यक्रमको रुपमा भित्तेपात्रो प्रकाशन गरेर संस्थालाई चलायमान राखेकोमा प्रशंसा ब्यक्त गर्दै अझै रचनात्मक कार्यक्रम गर्न सुझाव दिनुभयो।
कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष विकास प्रसाद कडेलले भित्तेपात्रो प्रकाशनको लागि आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने सबै सहयोग दातहरुलाई आभार प्रकट गर्नुभयो ।
मञ्चका अध्यक्ष कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानध्यापक शिवराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारी, सल्लाहकार चन्द्र बहादुर सुबेदी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा -३१ का सभापति केदारनाथ अधिकारी, मञ्चका निबर्तमान सचीव श्रीराम कडेल लगायतले बोल्नु भएको थिए । भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक कृष्णराज आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया