News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    पोखरामा शुभकामना दौड हुने

    शिशिर,पोखरा।पोखराको बाटुलेचौर देखि जोगीमणीको तुम्केसम्म नयाँ वर्षको दिन शुभकामना दौड हुनेभएको छ । हिमालय क्लव र नमुना क्लवको आयोजनामा आगामी वैशाख १ गते नयाँ वर्षको स्वागत स्वरुप आयोजना हुने दौडमा ५० वर्ष माथिका पुरुष र ४९ वर्ष मुनिका महिला तथा पुरुषले सहभागिता जनाउने हिमालय क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो ।

     

    मैदानवाट विहान शुरु हुने दौड नमुना खेल मैदान तुम्के पुगेर सम्पन्न हुने बताईएको छ । दुवै विधामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुनेलाई नगद ५ हजार, ३ हजार, १ हजार र सान्त्वना पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो ।

    कार्यक्रममा वडा नं. १६ र १९ का स्थायी तथा अस्थायी बासिन्दाले सहभागिता जनाउन सक्ने क्लवले जनाएको छ । कार्यक्रमको तथारी तिव्र पारिएको र सहभागी दर्ता भैरहेको वताईएको छ ।

    कार्यक्रममा सहभागी विच शुभकामना आदान गरिने समेत जनाईएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया