
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा। पोखरा महानगरपालिका–५ स्थित लायन्स चिल्ड्रेन पार्क परिसरमा रहेको एकता आवासीय माध्यमिक विद्यालयको २१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका सञ्चालक समितिका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक श्री घनश्याम पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन मन्तव्यमा महानिर्देशक पौडेलले शिक्षाले समाजमा उन्नत चेतना, सीप र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै सरकारले गर्न नसकेका धेरै काम समाजका शिक्षालयहरूबाट पूरा भइरहेका बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालय परिवारको निरन्तर परिश्रम र अभिभावकको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
उहाँले विद्यालयले यस वडामा राम्रो सेवा पुर्याउँदै आएको र आगामी दिनमा अझ प्रगतिको अपेक्षा गरिएको बताउँदै नयाँ वर्ष २०८२ को शुभकामनासमेत व्यक्त गर्नुभयो।
समारोहमा सात वर्षदेखि बीस वर्षसम्म विद्यालय सेवामा समर्पित शिक्षक तथा कर्मचारीहरूलाई नगद पुरस्कार, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै, शैक्षिक सत्र २०८० मा विभिन्न गतिविधिमा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमका विशेष अतिथि वडा नं ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले एकता विद्यालयलाई वडाकै उत्कृष्ट शैक्षिक संस्था भन्दै प्रशंसा गर्नुभयो। उहाँले शिक्षा नै समाज र राष्ट्रको विकासको जग भएको उल्लेख गर्दै यस्ता स्तरीय शैक्षिक प्रयासहरूलाई वडाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा राष्ट्रिय परोपकार महासंघका अध्यक्ष पण्डित श्रीकृष्ण कमलनयन गौतमले शिक्षा मानिसलाई साक्षर मात्र नभई नैतिक, बौद्धिक, परिश्रमी र विज्ञ बनाउने माध्यम भएको उल्लेख गर्दै सबै पक्षलाई पढाइ–पढाइमा हातेमालो गर्न सुझाव दिनुभयो।
त्यस्तै, शिक्षा तथा समाजसेवी श्री हेरम्बराज कोइरालाले शिक्षाको महत्व र विभिन्न आयामबारे अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई सन्देश दिँदै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूद्वारा तयार पारिएका नृत्य, नाटक तथा विभिन्न भेषभूषासहितका सांस्कृतिक एवं शिक्षाप्रद प्रस्तुति आकर्षणको केन्द्र बनेका थिए। विद्यार्थीहरूको स्वागत गीत, शिक्षकका मन्तव्यसहित सम्पन्न कार्यक्रम विद्यालयकी निर्देशक प्रतिभा के।सी।को सञ्चालनमा सम्पन्न भएको थियो।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया