
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा। पोखरा महानगरपालिका–५ स्थित लायन्स चिल्ड्रेन पार्क परिसरमा रहेको एकता आवासीय माध्यमिक विद्यालयको २१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका सञ्चालक समितिका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक श्री घनश्याम पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन मन्तव्यमा महानिर्देशक पौडेलले शिक्षाले समाजमा उन्नत चेतना, सीप र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै सरकारले गर्न नसकेका धेरै काम समाजका शिक्षालयहरूबाट पूरा भइरहेका बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालय परिवारको निरन्तर परिश्रम र अभिभावकको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
उहाँले विद्यालयले यस वडामा राम्रो सेवा पुर्याउँदै आएको र आगामी दिनमा अझ प्रगतिको अपेक्षा गरिएको बताउँदै नयाँ वर्ष २०८२ को शुभकामनासमेत व्यक्त गर्नुभयो।
समारोहमा सात वर्षदेखि बीस वर्षसम्म विद्यालय सेवामा समर्पित शिक्षक तथा कर्मचारीहरूलाई नगद पुरस्कार, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै, शैक्षिक सत्र २०८० मा विभिन्न गतिविधिमा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमका विशेष अतिथि वडा नं ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले एकता विद्यालयलाई वडाकै उत्कृष्ट शैक्षिक संस्था भन्दै प्रशंसा गर्नुभयो। उहाँले शिक्षा नै समाज र राष्ट्रको विकासको जग भएको उल्लेख गर्दै यस्ता स्तरीय शैक्षिक प्रयासहरूलाई वडाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा राष्ट्रिय परोपकार महासंघका अध्यक्ष पण्डित श्रीकृष्ण कमलनयन गौतमले शिक्षा मानिसलाई साक्षर मात्र नभई नैतिक, बौद्धिक, परिश्रमी र विज्ञ बनाउने माध्यम भएको उल्लेख गर्दै सबै पक्षलाई पढाइ–पढाइमा हातेमालो गर्न सुझाव दिनुभयो।
त्यस्तै, शिक्षा तथा समाजसेवी श्री हेरम्बराज कोइरालाले शिक्षाको महत्व र विभिन्न आयामबारे अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई सन्देश दिँदै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूद्वारा तयार पारिएका नृत्य, नाटक तथा विभिन्न भेषभूषासहितका सांस्कृतिक एवं शिक्षाप्रद प्रस्तुति आकर्षणको केन्द्र बनेका थिए। विद्यार्थीहरूको स्वागत गीत, शिक्षकका मन्तव्यसहित सम्पन्न कार्यक्रम विद्यालयकी निर्देशक प्रतिभा के।सी।को सञ्चालनमा सम्पन्न भएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया