
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । सिटीवान टेलिभिजनले नयाँवर्ष २०८२ को क्यालेण्डर सार्वजनिक गरेको छ । पोखराको नयाँबजार स्थित कार्यालय परिसरमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान समारोहमा क्यालेण्डर सार्वजनिक गरिएको हो । क्यालेण्डर गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले सार्वजनिक गरेका थिए।
क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका गुरुङले देशमा नैतिक शिक्षा, धार्मिक भावना विस्तारै कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो समयमा देशको राजनीतिमा समेत केही कमजोरी भएको उनले औँल्याए । केही वर्ष अगाडिसम्म जन्मभूमि प्रतिको माया, गाउँ प्रतिको माया अगाध हुने गरेको भएपनि अहिले त्यसमा परिवर्तन आएको उनले उल्लेख गरे । हिजो जन्मभूमि प्रतिको माया हुने गरेको र त्यहीँ अनुसारको नैतिक शिक्षा प्रदान गरिएको भएपनि अहिले त्यस्तो हुन नसकेको बताए । युवा शक्ति देशबाट पलायन हुने अवस्था भएकोमा उनको चिन्ता थियो ।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले राज्य भनेको सरकार मात्र नभएर आम नागरिक हो भन्ने भाव सबैले बुझ्नुपर्ने बताए। विगतलाई खुशीका साथ स्मरण गर्दै नयाँ वर्षलाई स्वागत गर्नुपर्नेमा जोड दिए ।
नेपाली काङ्ग्रेस गण्डकी प्रदेश उपसभापति तथा पूर्व मन्त्री मेखलाल श्रेष्ठले किसानहरू हतोत्साही नहुने गरेर सरकारले काम गर्नुपर्ने बताए । किसानहरू हतोत्साही भएमा देश आत्मनिर्भर बन्न नसक्ने भन्दै गण्डकी प्रदेशका ११ वटै जिल्लामा राम्रो खालका कोल्ड स्टोर बनाउनुपर्नेमा जोड दिए ।
सिटीवान टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतिले गण्डकी प्रदेशमा भएका गतिविधि, विचार, संस्कृती, खेलकुद, स्वास्थ्य लगायतका विषयलाई मिडिया मार्फत उजागर गर्ने उद्देश्यले टेलिभिजनको स्थापना गरिएको बताए । कोरोनाको समयमा समेत साथीहरूको साथ र सहकार्यका कारण टेलिभिजन स्थापना गर्न सकिएको उनको भनाइ थियो । उनले स्थापना पश्चात टेलिभिजनले हरेक वर्ष नियमित रुपमा क्यालेण्डर प्रकाशन गर्ने गरिएको उल्लेख गरे ।
कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष उमराज बाँस्तोला, टेलिभिजनका कोषाध्यक्ष विनोद भुजेल लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रमको सञ्चालन सिटी वान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गरेकी थिइन् ।
क्यालेन्डर प्रकाशन गर्न सघाउनै सबैप्रति टेलिभिजनले आभार समेत प्रकट गरेको छ । टेलिभिजनले उक्त क्यालेन्डर ५ हजार प्रति प्रकाशन गरेको जनाएको छ । प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार क्यालेण्डर गण्डकी प्रदेशका सबै पालिका र वडा कार्यालय, व्यावसायिक प्रतिष्ठान, सरकारी तथा गैरसरकारी निकायका कार्यालयहरू लगायतमा वितरण गरिनेछ । यसका साथै काठमाडौँ र प्रमुख सहरका मुख्य व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमा पनि क्यालेण्डर उपलब्ध गराइने बताइएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया