
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको क्षेत्रमा निरन्तर लागि पर्दै आफ्नै एकेडेमी सञ्चालन गरि राज्यलाई ठूलो योगदान गरेका कारण यसलाई राज्यले नै वार्षिक बजेटको व्यवस्थापन गर्न अत्यावश्यक रहेको बताएका हुन् ।
एकेडेमीको सभाहलमा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्ण बहादुर गुरुङले सहाराको स्थापनाकालदेखि आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करणसम्म आइपुग्दाको सफलता उतार चढाबको बारेमा जानकारी गराएका थिए । सहारा क्लब पोखराका पदाधिकारीहरूले सहारा क्लबले अनाथ तथा विपन्न परिवारका बालकहरूलाई फुटबल सिकाउँदै आइरहेको र एकेडेमी सञ्चालनको मूल आधार नै आहा रारा पोखरा गोल्डकप रहेको र राखेपले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सोही क्रममा जवाफ दिदैँ उपाध्यक्ष आचार्यले सहाराले खेलाडी विकास र खेलकुदलाई जीवन्त राख्न चालेको कदमको उच्च कदर गर्दै राखेपबाट बजेट विनियोजनका लागि पहल गर्ने सुनाए । उनले आफूले सहारा क्लबसँग ढिला भेट भएको महसुस गरेको सुनाउँदै राखेपमा प्रक्रिया पुरा गरेर फाइल ल्याउन समेत आग्रह गरे । सोही क्रममा उनले राखेपमा कर्मचारीहरूले सेवाग्राहीलाई दुःख दिने काम गर्दै आइरहेको र त्यसलाई ठाडो हस्तक्षेप गरेर जानका अध्ययन गरिरहेको सुनाए । राखेप समग्र खेल क्षेत्रका लागि रहेपनि त्यहाँ भित्र केही विकृति भएको आफूले सूचना पाएको उनले सुनाए ।
सहारा क्लबका अध्यक्ष केशवराज बरालले सहारालाई सहयोग गर्ने सहयोगी प्रति आभार व्यक्त गर्दै उपाध्यक्षको प्रतिबद्धताले थप हौसिएको सुनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले पोखरा रङ्गशालालाई बजेटको आवश्यकता रहेको र फुटबल मैदानमा फ्लड लाइट जडान गर्न सकेमा फिफाका अन्तर्राष्ट्रिय खेल समेत पोखरामा खेलाउन सकिने हुँदा त्यसका लागि बजेट विनियोजन गर्नका लागि आग्रह गरे । खेलाडी विकासको पहिलो खुड्किलो नै पूर्वाधार रहेकाले पूर्वाधारको विकास भएमा त्यसले धेरै क्षेत्रमा काम गर्ने सुनाए । कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य, महासचिव राम्जी प्रसाद अधिकारी लगायतले बोलेका थिए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक आश्रीत रहेका छन् । एकेडेमी सञ्चालनका लागि वार्षिक ६५ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया