
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको क्षेत्रमा निरन्तर लागि पर्दै आफ्नै एकेडेमी सञ्चालन गरि राज्यलाई ठूलो योगदान गरेका कारण यसलाई राज्यले नै वार्षिक बजेटको व्यवस्थापन गर्न अत्यावश्यक रहेको बताएका हुन् ।
एकेडेमीको सभाहलमा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्ण बहादुर गुरुङले सहाराको स्थापनाकालदेखि आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करणसम्म आइपुग्दाको सफलता उतार चढाबको बारेमा जानकारी गराएका थिए । सहारा क्लब पोखराका पदाधिकारीहरूले सहारा क्लबले अनाथ तथा विपन्न परिवारका बालकहरूलाई फुटबल सिकाउँदै आइरहेको र एकेडेमी सञ्चालनको मूल आधार नै आहा रारा पोखरा गोल्डकप रहेको र राखेपले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सोही क्रममा जवाफ दिदैँ उपाध्यक्ष आचार्यले सहाराले खेलाडी विकास र खेलकुदलाई जीवन्त राख्न चालेको कदमको उच्च कदर गर्दै राखेपबाट बजेट विनियोजनका लागि पहल गर्ने सुनाए । उनले आफूले सहारा क्लबसँग ढिला भेट भएको महसुस गरेको सुनाउँदै राखेपमा प्रक्रिया पुरा गरेर फाइल ल्याउन समेत आग्रह गरे । सोही क्रममा उनले राखेपमा कर्मचारीहरूले सेवाग्राहीलाई दुःख दिने काम गर्दै आइरहेको र त्यसलाई ठाडो हस्तक्षेप गरेर जानका अध्ययन गरिरहेको सुनाए । राखेप समग्र खेल क्षेत्रका लागि रहेपनि त्यहाँ भित्र केही विकृति भएको आफूले सूचना पाएको उनले सुनाए ।
सहारा क्लबका अध्यक्ष केशवराज बरालले सहारालाई सहयोग गर्ने सहयोगी प्रति आभार व्यक्त गर्दै उपाध्यक्षको प्रतिबद्धताले थप हौसिएको सुनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले पोखरा रङ्गशालालाई बजेटको आवश्यकता रहेको र फुटबल मैदानमा फ्लड लाइट जडान गर्न सकेमा फिफाका अन्तर्राष्ट्रिय खेल समेत पोखरामा खेलाउन सकिने हुँदा त्यसका लागि बजेट विनियोजन गर्नका लागि आग्रह गरे । खेलाडी विकासको पहिलो खुड्किलो नै पूर्वाधार रहेकाले पूर्वाधारको विकास भएमा त्यसले धेरै क्षेत्रमा काम गर्ने सुनाए । कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य, महासचिव राम्जी प्रसाद अधिकारी लगायतले बोलेका थिए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक आश्रीत रहेका छन् । एकेडेमी सञ्चालनका लागि वार्षिक ६५ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया