
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ।
स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२।५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ।
स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन यो मूल्याङ्कन हुने गरेको छ।
आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरूको बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो मूल्याङ्कन गर्दै आइरहेको छ।
यस्तै, दोस्रो स्थानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ९८ अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ।
तेस्रो स्थानमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाले ९७.७५ अङ्क प्राप्त गरेको छ। शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा १०, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १५.७५, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा नौ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ।
मूल्याङ्कनको चौथो स्थानमा गोरखाको पालुङटार नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाले समान ९५.७५ अङ्क प्राप्त गरेका छन्। सबैभन्दा कम अङ्क प्राप्त गर्ने स्थानीय तह भने मनाङको नाशोङ गाउँपालिका रहेको छ।
यो स्थानीय तहले शासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ७.५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा ११, न्यायिक कार्यसम्पादनमा दुई, भौतिक पूर्वाधारमा एक, सामाजिक समावेशीकरणमा ३.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.२५ र सहकार्य तथा समन्वयमा एक अङ्क गरी ५७ अङ्क पाएको छ। स्वमूल्याङ्कनमा लमजुङको दुधपोखरी गाउँपालिकाले प्राप्त गरेको कुनै पनि अङ्कहरू प्रविष्ट नगरेको देखिएको छ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ मा स्वमूल्याङ्कन गरिने समयावधि प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ।
स्वमूल्याङ्कन गर्दा अघिल्लो आर्थिक वर्षको अन्त्य सम्मका तथ्याङ्कलाई आधार मानी सबै सूचकको अङ्क गणना गर्नुपर्ने व्यवस्था छ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया