
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ।
स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२।५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ।
स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन यो मूल्याङ्कन हुने गरेको छ।
आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरूको बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो मूल्याङ्कन गर्दै आइरहेको छ।
यस्तै, दोस्रो स्थानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ९८ अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ।
तेस्रो स्थानमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाले ९७.७५ अङ्क प्राप्त गरेको छ। शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा १०, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १५.७५, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा नौ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ।
मूल्याङ्कनको चौथो स्थानमा गोरखाको पालुङटार नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाले समान ९५.७५ अङ्क प्राप्त गरेका छन्। सबैभन्दा कम अङ्क प्राप्त गर्ने स्थानीय तह भने मनाङको नाशोङ गाउँपालिका रहेको छ।
यो स्थानीय तहले शासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ७.५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा ११, न्यायिक कार्यसम्पादनमा दुई, भौतिक पूर्वाधारमा एक, सामाजिक समावेशीकरणमा ३.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.२५ र सहकार्य तथा समन्वयमा एक अङ्क गरी ५७ अङ्क पाएको छ। स्वमूल्याङ्कनमा लमजुङको दुधपोखरी गाउँपालिकाले प्राप्त गरेको कुनै पनि अङ्कहरू प्रविष्ट नगरेको देखिएको छ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ मा स्वमूल्याङ्कन गरिने समयावधि प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ।
स्वमूल्याङ्कन गर्दा अघिल्लो आर्थिक वर्षको अन्त्य सम्मका तथ्याङ्कलाई आधार मानी सबै सूचकको अङ्क गणना गर्नुपर्ने व्यवस्था छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया