
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए ।
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको खेलकुदको प्रतिष्ठासँग जोडिएको सुुनाउँदै यसलाई सफल बनाउनु सबै खेलकर्मीको दायित्व रहेको उनको भनाइ छ । मोफसलमा रहेको खेलकुद संघ र संस्थाको सान र मानमा खेलकुद पत्रकार मञ्चले काम गर्दै आइरहेको सुनाउँदै उनले प्रदेशका सम्पूर्ण खेल संघहरुलाई आह्वान समेत गरे ।
गण्डकी प्रदेश सुटिङ एशोसियसनका महासचिव पुरण कुँवरले प्रदेशका ११ वटै जिल्लाका खेलाडीलाई समेट्ने गरी आफ्नो संस्थाले खेलकुद पत्रकार मञ्च संग सहकार्य गर्ने प्रतिवद्धता जनाए । जिल्ला हक्की संघ कास्कीका अध्यक्ष दीपक थापाले संघ संस्थाले नाममात्र पठाएको आधारमा भन्दापनि खेलको आधारमा खेलाडी छनौट गर्न सकेको खण्डमा राम्रो हुने सुनाउँदै विभागीयलाई मात्र समेटेको खण्डमा खेलाडीहरु उत्पादनमा गाह्रो पर्ने उनको भनाइ रहेको थियो । खेलाडी उत्पादनलाई समेत पत्रकारिता मार्फत जोड दिन आवश्यक रहेको उनले सुनाउँदै कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
लङ टेनिस कास्की अध्यक्ष राजु गुरुङले स्पोर्टस अवार्डले खेलाडीहरुलाई प्रोत्साहन गर्ने काम गरेको बताउदै कास्की पोखरा बाहिरकोलाई समेत स्पोर्टस अवार्डमा सामेल गराउनुपर्ने सुुझाव दिए । संघहरुले खेलकुद सामाग्री दिन नसकेकै कारण पनि खेलाडीहरु विभागीयमा सहभागी हुने गरेको उनको भनाइ थियो । जुडो संघका निरज पन्तले स्पोर्टस् अवार्डको सन्दर्भमा खेलकुद पत्रकारले जुडो संघ संग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे । दुरदराजमा रहेका खेलाडीहरुको खेललाई समेत सञ्चार माध्यामहरुले प्राथमिकता दिन आवश्यक रहेको बताए ।
फेन्सिङ संघका केन्द्रिय उपाध्यक्ष विजय शाहीले प्रदेश स्तरको खेल संघ संस्थाहरु संग सहकार्य गरी अगाडी बढेकोमा आफुहरु खुसी भएको बताए । त्यस्तै एथलेटिक्स संघ कास्कका अध्यक्ष गज बहादुर गुरुङले स्पोर्टस अवार्डमा खेलाडीहरु छनौट गर्दा खेलको क्याटेगोरी अनुसार खेलाडीहरु छनौट गर्नुपर्नेमा जोड दिए । तेक्वान्दो संघ कास्कीका अध्यक्ष कुलचन्द्र शर्माले ११ वटै जिल्लाका खेलकुद संघहरु संग सहकार्य गर्न सके स्पोर्टस अवार्ड भब्य र सभ्य बन्ने बताए । खेलाडीहरुको छनौट क्याटेगोरी अनुसार गर्नुपर्ने बताउदै आफ्नो संघको तर्फबाट समेत सहयोग रहने बताए ।
कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवराम गुरुङले अवार्डमा गल्फका खेलाडीहरुलाई समेत समेट्न सकेको खण्डमा राम्रो हुने बताए । सहभागीता जनाउन आफुहरु तत्पर रहेको र अहिले सम्म समेट्ने कोसिस नभएको उनको भनाइ रहेको थियो । नयाँ खेलाडी उत्पादनका लागि प्रदेश र जिल्लाको समन्वयमा नयाँ एकेडेमी बनाएर नयाँ खेलाडी उत्पादनमा आफुहरु लागि रहेको उनको भनाइ रहेको थियो ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले जिल्ला खेलकुद विकास समितिको भरखरै नयाँ समिति चयन भएको र उनीहरुले कस्तो भूमिका खेल्छ भन्ने विषय हेर्न बाकी रहेको र आफुले नयाँ कार्यसमितिमा समेत कुरा राख्ने उनले सुनाए । व्यक्तिगत सहयोग गर्न तयार रहेको उनले बताए ।
मञ्चका निवर्तमान अध्यक्ष दीननाथ बरालले अवार्डको महत्व बढ्दै गएको र यसको गरिमा अझ बढाउनका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेल संघ संस्थाकै भूूमिका हुने उनले बताए । उनले कार्यक्रम समग्र खेलाडी र खेलप्रेमीकै रहेको सुनाउँदै सफल पार्नका लागि आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्न समेत आग्रह गरे । खेल संघबाट असन्तुष्टि व्यक्त गरेको समेत भेटिदैे आएको सुनाउँदै उत्कृष्ट गर्दै जानेलाई प्रसय दिदैँ आइरहेको उनले बताए ।
कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष एकराज गिरीले अगाडीको स्पोर्टस् अवार्डको अनुभव सुनाउँदै अउँदो स्पोर्टस् अवार्डलाई सबैले साथ दिन आग्रह गरे । त्यस्तै मञ्चका सल्लाहकार सुरज श्रेष्ठले खेल सम्वद्ध संघसस्थाहरुको सुझावलाई मनन् गरेर आगामी अवार्डलाई भव्य बनाईने बताए ।
त्यस्तै मञ्चका अध्यक्ष एमबी आस्था मगरले अहिलेसम्मको मञ्च र खेल सम्वद्ध संस्थाहरुको साथ सहयोगले नै स्पोर्टस् अवार्ड भव्यरुपमा सम्पन्न गर्न सकिने बताए । समग्र खेल क्षेत्र र खेलाडीको प्रोत्साहनका लागि गरिने अवार्डलाई सबैको साथ सहयोगको अपेक्षा उनले राखे । जिल्ला खेलकुद विकास समिति कास्कीको हलमा भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजुु गिरीले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया