
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ बाहुनाधारा बस्ने १९ वर्षीय राहुल साह ११ चैतको साँझ घरबाट निस्के । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ घर भएका १९ वर्षीय राहुल परिवारका सदस्यले सापटी दिएको रकम लिन जान्छु भनेर निस्केका थिए ।
मध्यरात हुँदासम्म उनी घर फर्केनन् । राहुल घर नफर्किएपछि उनको परिवारले खोजीगरिदिन भन्दै बौद्ध प्रहरीमा १२ चैतमा निवेदन दिए । चक्रघट्टा–१ घर भएका २२ वर्षीय निपु मण्डल पनि बाहुनधारामा बस्दै आएका थिए । गोकर्णेश्वर नगरपालिका–माकलबारीमा उनले आरके मोटरसाइकल वर्कसप सञ्चालन गरेका थिए ।
राहुल उनै निपुलाई सापटी रकम माग्न भन्दै निस्केको परिवारले बताएका थिए । प्रहरीमा खोजीका लागि निवेदन दिने बेलामा समेत उनीहरूले यो कुरा बताएका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध अनुसन्धान अघि बढाउँदै निपुको मोटरसाइकल वर्कसपमा पुगेको थियो ।
सुरुवाती क्रममा प्रहरीले उक्त वर्कसपमा केही पनि फेला पारेन् । सामान्य सोधपुछ मात्रै भयो । पछि फेरि शंका लागेर वर्कसपमै पुगेर प्रहरीले १५ चैतमा अनुसन्धान अघि बढायो । सो क्रममा वर्कसप भित्रैकै पछाडितर्फको जमिनको माटो शंकास्पद देखिएपछि प्रहरीले उत्खनन गर्यो । नभन्दै ४ दिनदेखि हराइरहेका राहुलको शव प्रहरीले खाल्डोबाट निकाल्यो ।
‘हत्या गरेपछि शव व्यवस्थापन गर्न बाहिर लैजान गाह्रो भएपछि वर्कसपभित्रै खाल्डो खनेर गाडेको अवस्थामा राहुलको शव भेटिएको हो,’ वृत्त बौद्धका एक अनुसन्धान अधिकृतले भने ।
https://youtu.be/RRGnYA-7ZE0?si=AQQgLNaLPk2tA4XP
मोटरसाइकल वर्कसपमा राहुलको शव भेटिएपछि प्रहरीले हत्या आरोपमा ६ जनालाई पक्राउ परेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा मोटरसाइकल वर्कसप सञ्चालक निपु मण्डल, भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–६ घर भएका १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करनकुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र चक्रघट्टा–१ का ४५ वर्षीय उत्तम मण्डल छन् ।
पक्राउ परेका ६ जना विरुद्ध काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
१ लाख १० हजारका कारण हत्या
प्रहरी अनुसन्धानका अनुसार हत्यामा सापटीको रकम जोडिएको खुलेको छ । एक अनुसन्धान अधिकृतका अनुसार सापटीको रकम माग गर्ने क्रममा विवाद हुँदा यो समूहले राहुलको हत्या गरेका हुन् ।
मृतक राहुल जोरपाटीको भेनस पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । उनले वर्कसप सञ्चालन गरेका निपुलाई १ लाख १० हजार रुपैयाँ सापटी दिएको प्रहरीको दाबी छ । हत्या भएको दिन राहुल त्यही पैसा फिर्ता माग्न भन्दै गएको परिवारले बताएका छन् ।
पटक–पटक रकम फिर्ता मागेर निहुँ खोजेको भन्दै निपुकै मुख्य भूमिकामा राहुलको हत्या भएको प्रहरीको भनाइ छ । त्यसदिन पनि उनी पैसा लिन भनेर वर्कसप पुगेको तर निपुले पैसा फिर्ता दिएका थिएनन् । त्यसपछि राहुलले पैसा नलिई जनो बताएर वर्कसपमै बसेपछि उनीहरुबीच वाद–विवाद भएर भनाभन समेत भएको प्रहरीको भनाइ छ ।
त्यसपछि वर्कसपका कामदार र बाहिरबाट समेत थप व्यक्ति बोलाएर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुको बयान अनुसार राति ११ बजेतिर हत्या भएको हो । हत्यापछि शव उनीहरूले त्यही गाडेका थिए ।
हत्याका मुख्य व्यक्तिहरु वर्कसप सञ्चालक निपु, विजय, करन रहेको प्रहरीको भनाइ छ । हत्यापछि भागेर सर्लाही पुगेका विजय र करनलाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको हो । बाँकी ३ जनालाई भने काठमाडौंकै विभिन्न ठाउँहरूबाट पक्राउ गरिएको छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया