
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ बाहुनाधारा बस्ने १९ वर्षीय राहुल साह ११ चैतको साँझ घरबाट निस्के । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ घर भएका १९ वर्षीय राहुल परिवारका सदस्यले सापटी दिएको रकम लिन जान्छु भनेर निस्केका थिए ।
मध्यरात हुँदासम्म उनी घर फर्केनन् । राहुल घर नफर्किएपछि उनको परिवारले खोजीगरिदिन भन्दै बौद्ध प्रहरीमा १२ चैतमा निवेदन दिए । चक्रघट्टा–१ घर भएका २२ वर्षीय निपु मण्डल पनि बाहुनधारामा बस्दै आएका थिए । गोकर्णेश्वर नगरपालिका–माकलबारीमा उनले आरके मोटरसाइकल वर्कसप सञ्चालन गरेका थिए ।
राहुल उनै निपुलाई सापटी रकम माग्न भन्दै निस्केको परिवारले बताएका थिए । प्रहरीमा खोजीका लागि निवेदन दिने बेलामा समेत उनीहरूले यो कुरा बताएका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध अनुसन्धान अघि बढाउँदै निपुको मोटरसाइकल वर्कसपमा पुगेको थियो ।
सुरुवाती क्रममा प्रहरीले उक्त वर्कसपमा केही पनि फेला पारेन् । सामान्य सोधपुछ मात्रै भयो । पछि फेरि शंका लागेर वर्कसपमै पुगेर प्रहरीले १५ चैतमा अनुसन्धान अघि बढायो । सो क्रममा वर्कसप भित्रैकै पछाडितर्फको जमिनको माटो शंकास्पद देखिएपछि प्रहरीले उत्खनन गर्यो । नभन्दै ४ दिनदेखि हराइरहेका राहुलको शव प्रहरीले खाल्डोबाट निकाल्यो ।
‘हत्या गरेपछि शव व्यवस्थापन गर्न बाहिर लैजान गाह्रो भएपछि वर्कसपभित्रै खाल्डो खनेर गाडेको अवस्थामा राहुलको शव भेटिएको हो,’ वृत्त बौद्धका एक अनुसन्धान अधिकृतले भने ।
https://youtu.be/RRGnYA-7ZE0?si=AQQgLNaLPk2tA4XP
मोटरसाइकल वर्कसपमा राहुलको शव भेटिएपछि प्रहरीले हत्या आरोपमा ६ जनालाई पक्राउ परेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा मोटरसाइकल वर्कसप सञ्चालक निपु मण्डल, भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–६ घर भएका १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करनकुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र चक्रघट्टा–१ का ४५ वर्षीय उत्तम मण्डल छन् ।
पक्राउ परेका ६ जना विरुद्ध काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
१ लाख १० हजारका कारण हत्या
प्रहरी अनुसन्धानका अनुसार हत्यामा सापटीको रकम जोडिएको खुलेको छ । एक अनुसन्धान अधिकृतका अनुसार सापटीको रकम माग गर्ने क्रममा विवाद हुँदा यो समूहले राहुलको हत्या गरेका हुन् ।
मृतक राहुल जोरपाटीको भेनस पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । उनले वर्कसप सञ्चालन गरेका निपुलाई १ लाख १० हजार रुपैयाँ सापटी दिएको प्रहरीको दाबी छ । हत्या भएको दिन राहुल त्यही पैसा फिर्ता माग्न भन्दै गएको परिवारले बताएका छन् ।
पटक–पटक रकम फिर्ता मागेर निहुँ खोजेको भन्दै निपुकै मुख्य भूमिकामा राहुलको हत्या भएको प्रहरीको भनाइ छ । त्यसदिन पनि उनी पैसा लिन भनेर वर्कसप पुगेको तर निपुले पैसा फिर्ता दिएका थिएनन् । त्यसपछि राहुलले पैसा नलिई जनो बताएर वर्कसपमै बसेपछि उनीहरुबीच वाद–विवाद भएर भनाभन समेत भएको प्रहरीको भनाइ छ ।
त्यसपछि वर्कसपका कामदार र बाहिरबाट समेत थप व्यक्ति बोलाएर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुको बयान अनुसार राति ११ बजेतिर हत्या भएको हो । हत्यापछि शव उनीहरूले त्यही गाडेका थिए ।
हत्याका मुख्य व्यक्तिहरु वर्कसप सञ्चालक निपु, विजय, करन रहेको प्रहरीको भनाइ छ । हत्यापछि भागेर सर्लाही पुगेका विजय र करनलाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको हो । बाँकी ३ जनालाई भने काठमाडौंकै विभिन्न ठाउँहरूबाट पक्राउ गरिएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया