
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत । नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाको एकमात्र संस्कृत अध्ययन हुने गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई कपडा सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसका अवरमा सामाजिक क्षेत्रमा सानो भएपनि योगदान गर्ने उद्धेश्यले पाठशालामा आवासीय रुपमा अध्ययन गर्ने बटुकहरुका लागि आवश्यक दश थान ब्लाङ्केट सहयोग गरेको हो ।
दाताहरुको भरमा मात्र संचालन हुँदै आएको पाठशालामा अध्ययनरत बटुकहरु जाडो तथा गर्मी याममा ओढ्ने सिरक तथा ब्लाङ्केट नहुँदा कष्टकर रुपमा रात विताउँदै आएको समस्यालाई मध्यनजर गर्दै महासंघको आन्तरिक कोषवाट ब्यवस्थापन गरी सहयोग गरिएको महांघका सचिब साजन परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु। दश हजार मुल्य बराबरका दशवटा ब्लाङ्केट हस्तान्तरण गरिएको थियो । उक्त ब्लाङ्केट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले पाठशालाका प्रध्यानाध्यापक गोबिन्द आचार्य, शिक्षक रामु पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा केन्द्रीय सदस्य तिवारीले पाठशालालाई थप सहयोग जुटाउनका लागि नेपाल पत्रकार महासंघले आवश्यक प्रचार प्रसार गर्न सहजीकरण गर्ने बताउनुभयो ।
उहाँले सदरमुकामको नजिक भएरपनि पाठशालाको व्यवस्थापन र सरसफाई कमजोरी देखिएको भन्दै यसलाई सुधार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पाठशालाका प्रअ आचार्य र शिक्षक रामु पौडेलले विद्यालयका गतिविधि र संचालनको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । यहाँ अहिले नियमित तर्फ भर्ना भएका २२ र अन्य तीन गरी २५ जना बटुकहरुले अध्ययन गर्दै आएका छन् ।
कक्षा ६ सम्म पढाई हुने यो पाठशालामा अध्ययन गर्ने बटुकहरु उच्च शिक्षाका लागि नेपालकै अन्य जिल्ला तथा भारतको अयोध्यामा जानुपर्ने अवस्था रहेको छ । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, पुर्व उपाध्यक्ष गणेश पौडेल, प्रेस चौतारीका अध्यक्ष दिपेश वि पोख्रेल, सञ्चारिका समुहका अध्यक्ष रञ्जना खत्री, लोकतान्त्रिक गैरसरकारी संस्थाका अध्यक्ष गणेशबहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन महासंघका सहसचिब विष्णु गौतमले गर्नुभएको थियो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया