News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    हिंसात्मक आन्दोलनका ‘जनकमान्डर’दुर्गा प्रसाईं समूहका थप तीन सदस्य पक्राउ

    काठमाडौं । १५ चैतमा काठमाडौंको तनीकुनेमा भएको हिंसात्मक आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं समूहका थप तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको विशेष टोलीले प्रसाईंको नागरिक प्रतिरक्षा बल (पीडीएफ) का संयोजक गोपाल बोहोरा, महासचिव धनवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापालाई पक्राउ गरेको छ ।

    उनीहरूलाई तीलगंगा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले  बतायो ।प्रहरीले शुक्रबारको हिंसात्मक घटनामा भिडलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा १०० भन्दा बढीलाई पक्राउ गरेको छ । तीमध्ये आइतबार ४२ जनालाई विभिन्न कसुरमा म्याद थप भएको छ ।

    राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेरा राणासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।शुक्रबारको प्रदर्शनमा २ जनाको मृत्यु र २२ जना घाइते भएका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया