
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । पोखरामा आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी तिब्रअगाडी बढाइएको छ।
शुरुवातका दिनमा पोखराको लेकसाइडको खालि जग्गामा कोटीहोम गर्ने भनिएपनि पोखरा महानगरपालिकाको अबरोधका कारण स्थान परिबर्तन गरेर पोखरा महानगरपालिका -१७ बिरौटा चोक नजिकैको जग्गामा उक्त कोटीहोम महायज्ञ गर्न लागिएको हो।
सदा शिबजी सिद्देश्वर हरिहर मन्दिरको नाममा रहेको करिब ३० रोपनी जग्गासहित स्थानीय बासिन्दाहरुको खाली जग्गामा महायज्ञका बिबिध गतिबिधिहरु संचालन हुँदैछन। सदाशिवजी हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले मन्दिरको स्वामित्वमा रहेको जग्गा केहि समयको लागि महायज्ञ संचालन गर्न दिईएको बताए ।
उक्त स्थानमा मन्दिरको करिब ३० रोपनी सहित पोखरा -७ का वडाध्यक्ष राममोहन आचार्य, तारा श्रेष्ठ, युबक लामिछाने, गणेश अधिकारी, सरस्वती अधिकारी, सरोज अधिकारी लगायतको जग्गासमेत मिलाएर करिब एक सय रोपनी जग्गामा महायज्ञ संचालन गर्न आबश्यक तयारी भैरहेको छ।
यस अगाडी लेकसाइडस्थित बाराहीचोकको खाली जग्गा र हल्लन चोक नजिकको खाली जग्गामा कोटीहोम संचालन गर्ने भनि आबश्यक तयारी समेत गरिएकोमा पोखरा महानगरपालिकाको निरन्तरको अबरोधका कारण स्थान परिबर्तन गर्नुपरेको हो।
लेकसाइडमा महायज्ञ हुने भनिएको जग्गामा भुमीपुजनको भैरहेको बेला पोखरा महानगरका केहि वडाध्यक्षहरु र नगर प्रहरीहरु पुगेर भुमीपुजनको कार्य नै बिथोल्ने प्रयास गरेको थिए। त्यसपछि कास्की जिल्ला प्रशासन कार्यालयले बिबाद मिलाउन सर्बपक्षिय बैठक गरेपछि मात्र नयाँ स्थानको खोजी गरि महायज्ञ संचालन गर्न दिने र महायज्ञलाई पोखरा महानगरपालिका लगायतले अपनत्व लिएर सहयोग गर्ने सहमति बनेको थियो ।
महायज्ञको स्थान परिबर्तन गर्दा महायज्ञ आयोजकले आर्थिक रुपमा नोक्सान र समयको चाप पनि त्यत्तिकै व्यहोर्नुपरेको छ। तर, पोखरामा श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञ संचालन गर्ने पूर्व संकल्प पुरा गर्न स्थान परिबर्तन गरेर भएपनि निर्धारित समयमा नै महायज्ञ संचालन गर्ने तयारी भैरहेको महायज्ञका संकल्पकर्ता धर्मगुरु बिजय कृष्णमुर्तीले जानकारी दिए। महायज्ञ आयोजकहरुले लेकसाइडस्थित जग्गाको भाडा तिरिसकेको र उक्त स्थानको लागि अन्य तयारी समेत गरेका थिए ।
यसका साथै सबै किसिमका प्रचार सामग्रीहरुमा महायज्ञ हुने स्थल लेकसाइड उल्लेख भएकोमा अब महायज्ञस्थल सहित अन्य कुरा परिबर्तन गरेर नयाँ बनाउनुपर्ने भएकोले आर्थिक रुपमा नोक्सान व्यहोर्नुपरेको छ। तर केहि आर्थिक एबम ब्यबहारिक कठिनाई व्यहोर्नुपरे पनि संकल्प भैसकेको कारण साथै राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्रचारप्रसार भैसकेको कारण निर्धारित समयमा नै महायज्ञ संचालन गर्न लागिएको संकल्पकर्ता बिजय कृष्णमुर्तीको भनाई छ ।
पोखरा महानगरपालिका -१७ बिरौटा चोकनजिक वडा कार्यालयको पारिपट्टिको करिब एक सय रोपनी जग्गामा महायज्ञको लागि युद्धस्तरमा तयारी भैरहेको छ। ठुलो संख्यामा स्वयमसेवकहरु र अन्य मिलेर जमिनको सतह मिलाउने र महायज्ञस्थलमा पन्डाल बनाउने काम अहिले भैरहेको छ। महायज्ञस्थलमा अगाडीपट्टि प्रवचनस्थल, त्यसपछिको स्थानमा भजन प्रतियोगिता स्थल, अर्को स्थानमा हवन कुन्ड र त्यसपछि प्रसाद वितरणस्थल निर्माण भैरहेको महायज्ञका मिडिया संयोजक लेखराज ढकालले जानकारी दिए। उनका अनुसार महायज्ञस्थल तयार गर्न आबश्यक सामग्रीहरु ल्याएर विभिन्न अस्थायी संरचनाहरु निर्माण गर्ने कार्य भैरहेको छ।
मानव सेवा फाउन्डेसन नेपाल समेतका संस्थाहरुले बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने उक्त महायज्ञको प्रचार प्रसार लगायतका अन्य काम भने चैत्र १७ गतेबाट नै शुरु गरिएको छ। प्रचारत्माक कार्यक्रम बैशाख १० गतेसम्म गरिने र बैशाख ११ गते साइकल र्याली, १२ गते ट्याक्सी र्याली, १३ गते मोटरसाइकल र्याली, १४ गते सुनगा र्याली र बैशाख १५ गते बृहत पैदल यात्रा गरिने भएको छ भने बैशाख १६ गते कलश यात्रा गरेर जगदगुरु, साधु, सन्त, महन्त एबम प्रसिद्ध कथा बाचक वाचिकाबाट शास्त्रीय कथा बाचन एबम दिनहुँ हवन सहितका धार्मिक कार्यहरु गरिने महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीको भनाई छ ।
महायज्ञको प्रचार प्रसारको लागि विभिन्न ब्रोसर र पम्प्लेट सहित निमन्त्रणा लिएर विभिन्न जिल्लामा स्वयम्सेवक पुगिरहेको बुझिएको छ। स्थान परिबर्तन भएपछि बनेका प्रचारसामग्री लिएर हालसम्म करिब २० जिल्लामा स्वयम्सेवक पुगिसकेको र अन्य जिल्लामा पनि पुग्ने क्रम जारी छ। महायज्ञको प्रचारको निम्ति दुई सयजनाको स्वयमसेवकको समूह खटिएको र उनीहरुले विभिन्न धार्मिक एवम अन्य संघ संस्था र समुदायलाई महायज्ञको मिति र स्थान सहित अन्य बिषयमा जानकारी गराउने छन ।
महायज्ञमा आउने धर्मगुरुहरुलाई आमन्त्रण गर्नको लागि संकल्पकर्ता बिजय कृष्णमुर्ती केहि दिन भारतका विभिन्न स्थानको भ्रमण गरेर नेपाल फर्किएका छन। भारतबाट धेरै जना गुरुहरुले आउने आश्वासन दिएको बताउंदै उनले भने ‘एक त नेपालमा हुन लागेको एतिहासिक कोटीहोम महायज्ञ त्यसमाथि पोखरा जस्तो सुन्दर शहरमा हुने खबरले धेरै उत्साहित हुनुहुन्छ, त्यसैले पनि ठुलो संख्यामा धर्मगुरु सहित अन्यको सहभागिता रहने निश्चित छ।’ हालसम्म पोखरामा हुने कोटीहोममा पण्डित दिनबन्धु पोखरेल, देबी प्रतिभा, चन्द्रकला शाखी, चैतन्य कृष्ण, र अनुराधा पाण्डे लगायतले महायज्ञमा कथाबाचन गर्ने निश्चित भैसकेको छ भने अन्य प्रसिद्ध कथा बाचकहरु समेत आउने तयारीमा अरहेको बुझिएको छ ।
महायज्ञकै क्रममा बिबाह, ब्रतबन्ध र चौरासी पुजा समेत गरिने किसिमले कार्यक्रम तय गरिएको छ धार्मिक र आध्यात्मिक परिवेशमा महायज्ञ संचालन हुने बताउंदै उनले महायज्ञ अबधिमा विभिन्न धार्मिक, सामाजिक एबम राजनीतिक व्यक्तित्वको आगमन हुने र बिभिन्न कलाकारद्वारा गीत संगीत, भजन, झाँकी, देबलिला आदि प्रस्तुती रहनेछन महायज्ञमा ५० लाख भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ। महायज्ञ स्थल परिबर्तन भएको कारण यस अगाडी गरिएको भुमिपुजन कार्य आगामी बैशाख ३ गते गरिने भएको छ कोटीहोम महायज्ञको पुर्बांग बैशाख १७ गते गरिने, हवानात्मक कामहरु बैशाख १९ गतेबाट गरिने र बैशाख २६ गतेका दिन महायज्ञको बिधिबत पुर्णाहुति गरि समापन गरिने भएको छ ।
महायज्ञको तयारी भैरहेको समयमा पोखरा महानगरपालिकाको कारण अबरोध सिर्जना भएपनि अहिले महानगरका मेयर धनराज आचार्यले समेत महायज्ञको लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिएको आयोजकले बताए। यसअघि महायज्ञको लागि आबश्यक पर्ने समिधा (दाउरा) संकलन गर्ने क्रममा पोखराका बर पिपलका रुख काटेको भनेर महायज्ञ आयोजकहरुको सार्बजनिक रुपमा आलोचना गरिएको थियो आलोचना गर्ने काम पोखरा महानगरका मेयर सहितका जनप्रतिनिधिहरुबाट गरिएको थियो। तर, अधिकांश स्थानका बर पिपल र समीका रुख कटान गर्ने काम सम्बन्धित वडा कार्यालय वा पोखरा महानगरपालिकाकै आदेश र निगरानीमा गरिएको थियो।
महायज्ञ आयोजकले अधिकांश स्थानमा जथाभावी काटेर फालिएका काठ दाउरा संकलन गरेर समिधा तयार गर्दै गरेको अबस्थामा महानगर पालिकाले ति सबै काठ दाउरा जफत गरेको थियो। जबकी जफत गरिएको ५० गाडी दाउरा मध्ये ३२ गाडी दाउरा महायज्ञ आयोजक लाई महानगरपालिकाले आफैंले बोलाएर समिधाको रुपमा प्रयोग गर्न निशुल्क दिएको थियो ।
पहिले तयार गरिएका समिधा महानगरले जफत गरे पछि महायज्ञ आयोजकले कास्कीको अन्नपुर्ण र माछापुछ्रे गाउँपालिका क्षेत्रबाट खर र समिधा संकलन गरिरहेको मिडिया संयोजक लेखराज ढकालले बताए । यसका साथै पोखरा महानगरपालिकाले जफत गरेका काठ दाउरा समेत महायज्ञ शुरु हुनुपूर्व फिर्ता गरिदिने बिश्वासमा आयोजकहरु रहेका छन।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया