
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत। पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ पर्वत जिल्लाको कुश्मामा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका करिब ३५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि, मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले पत्रकारिता आधुनिक प्रविधिको प्रयोग बिना अघि बढ्न नसक्ने अवस्था आएको बताउदै, वर्तमान युगमा पत्रकारहरूले डिजिटल साक्षरतामा दक्षता हासिल गर्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले स्वतन्त्र र तथ्यमा आधारित पत्रकारितालाई लोकतन्त्रको मेरुदण्ड मान्दै, डिजिटल माध्यमको प्रभाव र प्रतिस्पर्धाको चुनौतीलाई स्वीकार गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार, प्रविधिको तीव्र विकाससँगै आर्टिफिसियल इन्टीलीजेन्सको प्रयोगले पत्रकारितामा परिवर्तन ल्याउने छ।
सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले पत्रकारिता क्षेत्रमा आएका चुनौतीहरू समाधान गर्न यस्ता तालिमहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यालयको सानो सहकार्यले पर्वत जिल्लाको पत्रकारिता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गर्नुभयो।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले अनलाइन मिडिया, सामाजिक सञ्जाल, पोडकास्ट र युट्युबजस्ता प्लेटफर्ममार्फत खबरलाई सरल र छिटो तरिकामा स्थानीयदेखि अन्तर्राष्ट्रिय पाठक र दर्शकसम्म पुर्याउन सकिने कुरा उल्लेख गर्नुभयो। उहाँले आधुनिक पत्रकारितामा तस्बिर र भिडियोको प्रभावलाई महत्त्वपूर्ण मान्नुभयो।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यक्रमको समापनमा नेतृत्व विकास र डिजिटल दक्षतालाई दीर्घकालीन क्षमता विकासका लागि अनिवार्य भएको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक प्रवेश सुवेदीले पत्रकारहरूलाई तथ्य जाँच, डिजिटल सुरक्षा, मोबाइल पत्रकारिता, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
यस कार्यक्रमले पत्रकारिता क्षेत्रमा नयाँ प्रविधिहरूको प्रयोग र नेतृत्व क्षमतामा सुधार ल्याउने दिशामा महत्वपूर्ण कदम चालेको छ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया