
१अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
८मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
९शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
१२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
७विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
८गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
९मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
१२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
पोखरा । पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हो ।
यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर एकेडेमीले जानकारी दिएको हो । टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु हुने भएको छ । आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्म विस्तार गर्ने योजना छ । विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढ्न लिफ्टसहित अत्याधुनिक सेवासुविधा उपलब्ध गराइने एकेडेमीले जनाएको छ ।
फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त बनाउन प्रतिभा एजुकेसन मातहत नै रहनेगरी एभरग्रीन एकेडेमी स्थापना गरिएको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।
विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको पौडेलले बताए । ‘एकेडेमीको मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई सबलीकरण गराउनु हो ।’ उनले भने, ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टीम) र उन्नत प्रणालीमा आधारित शिक्षा प्रदान गर्नु हो ।’
‘प्रत्येक विद्यार्थी फरक–फरक हुन्छन्, त्यसैले उनीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार सिकाइ प्रविधि अपनाइनेछ,’ पौडेलले थपे ।एभरग्रीन एकेडेमीले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने एकेडेमीका निर्देशक किरण सापकोटाले बताए । उनले भने, ‘हामी पाठ्यक्रम र परीक्षामा आधारित मात्र शिक्षा दिन्नौँ । बरु विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउन चाहन्छाँै ।’
निर्देशक सापकोटाका अनुसार एकेडेमीले विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर शिक्षा प्रदान गदर्छ । ‘विद्यार्थीको सोंच र सिर्जनात्मक क्षमता प्रकट गर्न र उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउने हो । जसका लागि विद्यार्थीको प्राकृतिक जिज्ञासा र अन्वेषणको भावना अभिवृद्धि गर्नमा केन्द्रित रहेर अध्यापन गराइन्छ ।’ उनले भने – ‘यसले विद्यार्थीलाई विभिन्न विषयसँग सम्बन्धित समस्याको समाधानमा अग्रसर बनाउँछ, जसले उनीहरुमा विश्लेषणात्मक र समस्या समाधान सीपको विकास गर्नेछ ।’
विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई पनि उत्तिकै प्राथमिकता दिने निर्देशक सापकोटाले बताए ।
प्रत्येक कक्षामा २४ जनासम्म विद्यार्थी भर्ना गरिनेछ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाको संख्यालाई सीमित राखिएको विद्यालयले जनाएको छ । अत्याधुनिक साइन्स ल्याब, कम्युटर ल्याब, हाइजेनिक खाजाको व्यवस्था, एसीसहितको बस सुविधा, सबै विद्यार्थीका लागि कपडा तथा किताब राख्ने दराजको व्यवस्था गरिएको छ । विद्यालय पोशाक नतोकिने एकेडेमीले जनाएको छ ।जग्गा र भवन निर्माणमा हालसम्म ५० करोड खर्च भइसकेको जनाइएको छ । निर्माण कार्य अझै जारी छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय

प्रतिक्रिया