
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सही बाटोमा हिँड्न सुझाव दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति भनेर हतियार उठाएर मान्छे मारेर थकित तत्त्वहरूका पसिना पुछ्न हिँडेको तर्क गरे ।
रास्वपा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकमा सहभागी भएको थियो । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा रास्वपा पनि उत्रिएपछि ओलीले नयाँ भन्नेहरू सिक्ने क्रममै रहेको बताए ।
उनले थपे, ‘नयाँ पार्टीहरू सिक्दैछन्, गलत नगर्न सही बाटोमा हिँड्न सुझाव छ। ती हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर अनेक मच्चाएर, उपद्रो मच्चाएर कति मान्छे मारेर, मराएर थकित तत्त्वहरूका पसिना पुछ्न किन जानुपर्यो ? आफूलाई नयाँ शक्ति भन्छ।’
उनले प्रचण्डलाई लक्षित गर्दै नेकपाकालको दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने तत्त्वहरूको रूपमा चित्रण गरे ।प्रचण्डले कुलमानलाई हटाउने निर्णय सत्य नहोस् भन्ने लेखेको स्ट्याटसप्रति कटाक्ष गर्दै भने, ‘मैले यस्तो कुरा सुनेँ, थाहा पाएँ, यो कुरा गलत होस्, केके न थाहा पाएजस्तो, मैले सुनेको असत्य होस्। कुनै महान् ठूलो कुराजस्तो, होइन रहेछ भने नत्र, भन्दिन चाहन्छु चिसै पानीले नुहाउनुहुन्छ । हाम्राविरुद्ध मोर्चाबन्दी छ दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने, यिनै तत्त्वहरू हुन् ।’
सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोए प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटिपिटी रोएको टिप्पणी गरे । उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गरेका हुन् ।
यस विषयमा जवाफ दिइरहनु नपर्ने उनले जिकिर गरे । ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटाइयो, अर्को नियुक्ति गरियो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’
उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको प्रष्ट्याए ।
‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,’ उनले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।
यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको भन्दै उनले चिन्ता जनाए ।
विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’
कार्यक्रममा महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे बोलेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया