
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
८आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
प्रनिश गिरी, पर्वत । पर्वतको कुश्मा नगरपालिकास्थित पाङ र खुर्कोटका युवा सामुदायिक श्रमदान संस्कृतिको जगेर्नामा जुटेका छन्। युवा सामुदायिक श्रम संस्कृति जगेर्ना गरी गाउँको विकास निर्माणमा लागेका हुन्।
गाउँघरमा अरु बेला जो जहाँ भए पनि छिमेकीलाई मर्दा र पर्दा सहयोग गर्नुपर्छ भन्ने सामाजिक भावना मानिसमा थियो। रोजीरोटीका लागि युवाशक्ति विदेश पलायन हुँदा गाउँघरतिर सामाजिक भावनाले काम
गर्ने मानिस समेत पाउन कठिन छ। केही दशक अघिसम्म गाउँले मर्दा र पर्दा सेवा गर्नुपर्छ भन्ने भावनाले एक आपसमा सहयोगको आदानप्रदान बढी नै हुने गर्दथ्यो।
बसाईसराईका कारण मानिस सहर बजार झर्ने गर्दा गाउँघर रित्तिदै गएका छन्। विगतमा भएको श्रमसंस्कृति समेत हराउँदै छ। पूर्खाले जनश्रमदानबाट निर्माण गरेका पानीपधेरा, बाटोघाटो, खेतबारी, कुलो, कुलेसा, चौतारी, पोखरी, सत्तल, घाट, मन्दिर, विद्यालय लगायतको संरक्षण समेत हुन सकेको छैन।
गाउँमा चलाइएको जनश्रमदान अभियानमा युवासँग वडा जनप्रतिनिधि सदस्य भिमनिधि रेग्मी र निरुता परियारले समेत हातेमालो गर्दै आउनुभएको छ। जनश्रमदान अभियानमा स्वतःफूर्त जोडिएका दर्जनौ संख्यामा युवाले डेढ किलोमिटर लामो बाटोको दायाँबायाँ किनारको झाडी पन्छाउने, नालीमा भएको माटो र पहिरो हटाउने साथै बिग्रिएको सडकमा ढलान गरेका थिए। गाउँमा विकास निर्माण भएको तर त्यसको दिगो व्यवस्थापन नहुँदा सामाजिक विकासमा अवरोध श्रमदानमा जुट्नु परेको युवाको भनाइ छ।
वडा २ का अध्यक्ष लालकिस्न बास्तोलाले गाउँका युवावर्ग श्रमदानमा जुट्दा जनप्रतिनिधिलाई पनि हौसला मिलेको बताउनुभयो। गाउँमा पुग्ने सडकमा घुम्ती धेरै छन्। घुम्ती सडकमा झाडी र पहिरोबाट झरेका ढुंगाका कारण खाल्टाखुल्टी बनेर दुर्घटनाको जोखिम थियो।
खुर्कोटका युवाले पहिलेको श्रमदान संस्कृतिलाई पुनः स्थापित गरी गाउँको विकास निर्माणमा श्रम, सीप र ज्ञान लगाउने बताएका छन्। स्थानीय युवा किस्नप्रसाद शर्माले जनश्रमदान संस्कृतिलाई निरन्तरता दिँदै गाउँका बाटाघाटा, कुलो, सामुदायिक वनको संरक्षण, पोखरी, चौतारा लगायतको मर्मत, सम्भार साथै संरक्षण गरी विकास निर्माणमा सहभागी हुने बताउनुभयो।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया