
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंटौ वार्षिक साधारण सभा आईतावार कुश्मावजारमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ भने सभाले सञ्चालक समितिको तर्फवाट कम्पनी सचिव कमल प्रसाद शर्माद्वारा प्रस्तुत २०८१ असारमसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्वन्धित अनुसुचीहरु सहितको आर्थिक प्रतिवेदन माथि दफावार छलफल गरी सर्वसम्मतीले पारित गरेको छ ।
सभामा संस्थाका सञ्चालक एवम् आन्तरीक लेखा परीक्षण समितिका संयोजक दुर्गा वहादुर शाहवाट प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षणको लागि श्रेष्ठ एण्ड चार्टड एकाउण्टेन्ट कम्पनीलाई लेखा परीक्षक नियुक्ती गरी चार लाख पचास हजार पारिश्रमिक स्वीकृत गरियोस भन्ने सञ्चालक समितिको प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ भने सभावाट सञ्चालक समितिवाट प्रस्तावित शेयरधनिहरुलाई १४ दशमलव २५ प्रतिशत वोनस शेयर तथा सो को कर प्रयोजनको लागि शुन्य दशमलव ७५ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । यसै गरी साधारण सभाले प्रकृति र गुणस्तर मेलखाने अन्य वित्तीय संस्थालाई यस संस्थामा गाभ्ने तथा अन्य वित्तीय संस्थामा यस संस्था गाभिने सम्वन्धि आवश्यक निर्णय तथा कार्य गर्नको लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गरेको छ । वोनस शेयर वितरणसंगै संस्थाको पुँजीमा हुने वृद्धिलाई साधारण सभाले स्वीकृत गरेको छ । साधारण सभा पश्चात हाल २५ करोड ५० लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाको चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार ५ सय पुग्नेछ ।
संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले सभालाई शंवोधन गर्दै समुदाय स्तरमा गरिवी न्यूनिकरण गर्न लघुवित्त संस्थाहरुको अहम भुमिका रहेको भन्दै यस क्षेत्रको योगदानलाई राज्य र सरोकारवाला निकायले उचित शंवोधन गर्न नसकेको वताउनु भयो । लघुवित्त विना समाजका आर्थिक गतिविधी चलायमान हुन नसक्ने भन्दै हाल लघुवित्त क्षेत्रप्रति चारैतिरवाट प्रहार भएको उहाँको भनाई थियो । लघुवित्तवाट कर्जा लिने, कर्जाको दुरुपयोग गर्ने तथा कर्जा तिर्नुको सट्टा सडकमा आन्दोलन गर्ने परिवाटीले यस क्षेत्रमा समस्या र वाधा अडचन वढेको भन्दै समस्यालाई धैर्यतापुर्वक समाधान गर्न सञ्चालक, व्यवस्थापन लाग्नुपर्ने उहाँको भनाई छ ।
संस्थापक अध्यक्ष प्रसाईले सञ्चालकको प्रतिष्ठाको सवाल, व्यवस्थापनको रोजगारीको सवाल र लगानीकर्ताको लगानीको सुरक्षा र प्रतिफलको सवाल भएकोले सवै पक्षहरु मिलेर लघुवित्त क्षेत्रको समस्या समाधानमा जुटनु पर्नेमा जोड दिनु भएको छ । कर्मचारीको उत्साह र लगनशिलता विना लघुवित्त क्षेत्रमा सुधार ल्याउन नसकिने भन्दै संस्थाले कर्मचारीको वृत्ति विकासमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । आँफूले २५ वर्ष लघुवित्त क्षेत्रमा योगदान गरेको भन्र्दै संस्थालाई आवश्यक परेमा स्वयम्सेवी रुपमा जुनसुकै साथ र सहयोग दिन पछि नपर्ने प्रसाईको प्रतिवद्धता रहेको छ । वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको अध्यक्षता, सञ्चालक रेमश वहादुर खत्रीको स्वागत, कायममुकायम कार्यकारी प्रमुख युधिष्ठिर शर्मा भुषालको धन्यवाद एवम् सहायक एचआर अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको संस्थाका सञ्चालकद्वय रत्न प्रसाद अधिकारी र एन्जल श्रेष्ठले रेडियो समृद्धलाई जानकारी दिनु भयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया