SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/१० गते
    ३०६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंटौ वार्षिक साधारण सभा आईतावार कुश्मावजारमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ भने सभाले सञ्चालक समितिको तर्फवाट कम्पनी सचिव कमल प्रसाद शर्माद्वारा प्रस्तुत २०८१ असारमसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्वन्धित अनुसुचीहरु सहितको आर्थिक प्रतिवेदन माथि दफावार छलफल गरी सर्वसम्मतीले पारित गरेको छ ।

    सभामा संस्थाका सञ्चालक एवम् आन्तरीक लेखा परीक्षण समितिका संयोजक दुर्गा वहादुर शाहवाट प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षणको लागि श्रेष्ठ एण्ड चार्टड एकाउण्टेन्ट कम्पनीलाई लेखा परीक्षक नियुक्ती गरी चार लाख पचास हजार पारिश्रमिक स्वीकृत गरियोस भन्ने सञ्चालक समितिको प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ भने सभावाट सञ्चालक समितिवाट प्रस्तावित शेयरधनिहरुलाई १४ दशमलव २५ प्रतिशत वोनस शेयर तथा सो को कर प्रयोजनको लागि शुन्य दशमलव ७५ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । यसै गरी साधारण सभाले प्रकृति र गुणस्तर मेलखाने अन्य वित्तीय संस्थालाई यस संस्थामा गाभ्ने तथा अन्य वित्तीय संस्थामा यस संस्था गाभिने सम्वन्धि आवश्यक निर्णय तथा कार्य गर्नको लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गरेको छ । वोनस शेयर वितरणसंगै संस्थाको पुँजीमा हुने वृद्धिलाई साधारण सभाले स्वीकृत गरेको छ । साधारण सभा पश्चात हाल २५ करोड ५० लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाको चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार ५ सय पुग्नेछ ।

    संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले सभालाई शंवोधन गर्दै समुदाय स्तरमा गरिवी न्यूनिकरण गर्न लघुवित्त संस्थाहरुको अहम भुमिका रहेको भन्दै यस क्षेत्रको योगदानलाई राज्य र सरोकारवाला निकायले उचित शंवोधन गर्न नसकेको वताउनु भयो । लघुवित्त विना समाजका आर्थिक गतिविधी चलायमान हुन नसक्ने भन्दै हाल लघुवित्त क्षेत्रप्रति चारैतिरवाट प्रहार भएको उहाँको भनाई थियो । लघुवित्तवाट कर्जा लिने, कर्जाको दुरुपयोग गर्ने तथा कर्जा तिर्नुको सट्टा सडकमा आन्दोलन गर्ने परिवाटीले यस क्षेत्रमा समस्या र वाधा अडचन वढेको भन्दै समस्यालाई धैर्यतापुर्वक समाधान गर्न सञ्चालक, व्यवस्थापन लाग्नुपर्ने उहाँको भनाई छ ।

    संस्थापक अध्यक्ष प्रसाईले सञ्चालकको प्रतिष्ठाको सवाल, व्यवस्थापनको रोजगारीको सवाल र लगानीकर्ताको लगानीको सुरक्षा र प्रतिफलको सवाल भएकोले सवै पक्षहरु मिलेर लघुवित्त क्षेत्रको समस्या समाधानमा जुटनु पर्नेमा जोड दिनु भएको छ । कर्मचारीको उत्साह र लगनशिलता विना लघुवित्त क्षेत्रमा सुधार ल्याउन नसकिने भन्दै संस्थाले कर्मचारीको वृत्ति विकासमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । आँफूले २५ वर्ष लघुवित्त क्षेत्रमा योगदान गरेको भन्र्दै संस्थालाई आवश्यक परेमा स्वयम्सेवी रुपमा जुनसुकै साथ र सहयोग दिन पछि नपर्ने प्रसाईको प्रतिवद्धता रहेको छ । वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको अध्यक्षता, सञ्चालक रेमश वहादुर खत्रीको स्वागत, कायममुकायम कार्यकारी प्रमुख युधिष्ठिर शर्मा भुषालको धन्यवाद एवम् सहायक एचआर अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको संस्थाका सञ्चालकद्वय रत्न प्रसाद अधिकारी र एन्जल श्रेष्ठले रेडियो समृद्धलाई जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रामकुमारी र किसानलाई उचित जिम्मेवारी दिन्छौं :शंकर पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार...

    ‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक तिमिल्सीना रहेनन्

    शिशिर उजाड,पोखरा ।जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सीनाको निधन भएको छ । वि.सं....

    रामकुमारी र किसानसहितका नेताहरू एमालेमा समाहित

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी...

    लायन्सको पिस पोष्टर प्रतियोगितामा विन्ध्येश्वरीका युनिशा प्रथम

    शिशिर उजाड,पोखरा ।लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनामा भएको पिस पोष्टर प्रतियोगितामा युनिशा मगर प्रथम...

    माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

    कास्की ।कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं