
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत। आज अन्तराष्ट्रिय क्षयरोग दिवस । नेपालमा पनि ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गरी मनाइदैछ । पर्वतमा पनि विभिन्न स्थानीय तहले समुदाय स्तरमा यो दिवस विविध कार्यक्रमका साथ मनाइरहेका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार पर्वत जिल्लामा ४१ जना क्षयरोगका विरामीहरु पत्ता लागेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका क्षयरोग फोकलपर्सन नारायण रेग्मीका अनुसार पर्वतमा ६५ बर्ष उमेर समुह माथिका ४१ जनामा क्षयरोग देखिएको र नियमित औषधी सेवन गरिरहेको बताउनुभयो । विरामीको प्रकृति अनुसार न्यूनतम ६ महिना सम्म नछुटाइ औषधी सेवन गरेमा क्षयरोग निको हुन्छ । पर्वतका सात स्थानीय तह मध्ये सवै भन्दा धेरै १६ जना पैयु गाउँपालिकामा क्षयरोगका विरामी भेटिएका छन् । यही अवस्थालाई मध्य नजर गर्दै कार्यालयले पैयु गाउँपालिकाको समन्वयमा स्थानीय स्तरमा क्षयरोग सम्बन्धि निशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको छ ।
रेग्मीका अनुसार रोग पत्ता लागेका विरामीहरु नियमित रुपमा स्वास्थ्य संस्थाबाट औषधी सेवन गरिरहेको भएपनि कतिपय विरामीहरु विविध कारण देखाएर परीक्षण गर्न नमान्ने र रोग लुकाएर बस्ने अवस्थाले गर्दा समस्या उत्पन्न भएको छ । उहाँले रोग पत्ता लगाउन र निवारणको चरणमा पुर्याउनका लागि प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले विभिन्न सामुदायिक सचेतना तथा स्क्रिनिङ शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो । पैयु गाउँपालिकाले क्षयरोगका विरामीलाई नियमित औषधी उपचार सँगै मासिक १ हजारका दरले ६ महिना सम्म पोषण भत्ता दिने गरेको पैयू स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेलले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय पर्वतले दिएको तथ्याङ्क अनुसार अघिल्लो बर्षको तुलनामा यो बर्ष क्षयरोगका विरामीको संख्यामा कमी भएको देखिन्छ । आर्थिक बर्ष २०८०।८१ मा ७२ जना क्षयरोगका विरामी पत्ता लागेका थिए भने यो बर्षको चैत्र सम्म ४१ जना विरामीहरु भेटिएका हुन् । विरामीको संख्या घट्नुको कारण परीक्षण कम भएर पनि हुन सक्ने भन्दै जनस्वास्थ्य कार्यालय पर्वतले विभिन्न स्थानीय तह सँग समन्वय गरी परीक्षणको दायरा बढाउन अनुरोध गरिएको कार्यालयका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया