
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत। आज अन्तराष्ट्रिय क्षयरोग दिवस । नेपालमा पनि ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गरी मनाइदैछ । पर्वतमा पनि विभिन्न स्थानीय तहले समुदाय स्तरमा यो दिवस विविध कार्यक्रमका साथ मनाइरहेका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार पर्वत जिल्लामा ४१ जना क्षयरोगका विरामीहरु पत्ता लागेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका क्षयरोग फोकलपर्सन नारायण रेग्मीका अनुसार पर्वतमा ६५ बर्ष उमेर समुह माथिका ४१ जनामा क्षयरोग देखिएको र नियमित औषधी सेवन गरिरहेको बताउनुभयो । विरामीको प्रकृति अनुसार न्यूनतम ६ महिना सम्म नछुटाइ औषधी सेवन गरेमा क्षयरोग निको हुन्छ । पर्वतका सात स्थानीय तह मध्ये सवै भन्दा धेरै १६ जना पैयु गाउँपालिकामा क्षयरोगका विरामी भेटिएका छन् । यही अवस्थालाई मध्य नजर गर्दै कार्यालयले पैयु गाउँपालिकाको समन्वयमा स्थानीय स्तरमा क्षयरोग सम्बन्धि निशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको छ ।
रेग्मीका अनुसार रोग पत्ता लागेका विरामीहरु नियमित रुपमा स्वास्थ्य संस्थाबाट औषधी सेवन गरिरहेको भएपनि कतिपय विरामीहरु विविध कारण देखाएर परीक्षण गर्न नमान्ने र रोग लुकाएर बस्ने अवस्थाले गर्दा समस्या उत्पन्न भएको छ । उहाँले रोग पत्ता लगाउन र निवारणको चरणमा पुर्याउनका लागि प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले विभिन्न सामुदायिक सचेतना तथा स्क्रिनिङ शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो । पैयु गाउँपालिकाले क्षयरोगका विरामीलाई नियमित औषधी उपचार सँगै मासिक १ हजारका दरले ६ महिना सम्म पोषण भत्ता दिने गरेको पैयू स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेलले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय पर्वतले दिएको तथ्याङ्क अनुसार अघिल्लो बर्षको तुलनामा यो बर्ष क्षयरोगका विरामीको संख्यामा कमी भएको देखिन्छ । आर्थिक बर्ष २०८०।८१ मा ७२ जना क्षयरोगका विरामी पत्ता लागेका थिए भने यो बर्षको चैत्र सम्म ४१ जना विरामीहरु भेटिएका हुन् । विरामीको संख्या घट्नुको कारण परीक्षण कम भएर पनि हुन सक्ने भन्दै जनस्वास्थ्य कार्यालय पर्वतले विभिन्न स्थानीय तह सँग समन्वय गरी परीक्षणको दायरा बढाउन अनुरोध गरिएको कार्यालयका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया