
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
काठमाडौं । एक्सन सिनेमा ‘कर्मा’मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो ।
ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो चलचित्र हुनेछ । ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा सिनेमा कस्तो हुनेछ ? हेर्न लायक हुने निर्देशक सौरभ चौधरीले बताएका छन् ।विपीन र मुकुन दुवैले ‘कर्मा’मार्फत नयाँ अनुभव गर्दैछन् । त्यसैले उनीहरू स्वयंका लागि पनि यो चलचित्र प्रतिक्षित बनेको छ ।
दुवै पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मा’मा कस्तो हुनेछ, प्रतिक्षाको विषय बनेको छ । चलचित्रमा पोजेटिभ पात्रहरूको नेतृत्व विपीनले गर्दा नेगेटिभ पात्रहरूले अगुवाइ मुकुनले गरिरहेको टिजरमा पनि देखिएको छ ।
टिजरमा विपीनको एक्सन देखिए पनि मुकुनको एक्सन हेर्न भने बाँकी छ । जुन ट्रेलरमा देखिने निर्देशक चौधरीले बताएका छन् । विपीन र मुकुन दुवैले एक्सनका लागि मेहनत गरेको सौरभको भनाइ छ ।
‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले आइरहेका चलचित्रभन्दा फरक रहेको मुकुनले यसअघि नै बताएसकेका छन् । आइरहेका चलचित्रभन्दा ‘कर्मा’ बिलकुल फरक रहेको उनको भनाइ छ ।
‘कर्मा’मा उपासना विपीन कार्कीको अपोजिटमा छिन् । विपीन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।
निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन चलचित्र ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ ।‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर छ । शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया