SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/७ गते
    १७४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। प्रेस चौतारी नेपाल कास्कीलाई संगठनका केन्द्रीय सदस्य सुमन ढुंगानाले प्रेस ज्याकेट हस्तान्तरण गरेका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीलाई ढुंगानाले ७५ वटा प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् ।

    प्रेस चौतारी नेपाल लेखिएको उक्त ज्याकेट आइतबारदेखि विराटनगरमा सुरू हुने संगठनको १० औं महाधिवेशनमा सहभागी हुनेलाई वितरण गरिने प्रेस चौतारी कास्की अध्यक्ष अधिकारीले बताए ।

    महाधिवेशनका सहभागीलाई वितरण गरेर बाँकी ज्याकेट कार्यसमितिका पदाधिकारी र सदस्य, संगठनका सक्रिय सदस्यलाई वितरण गरिने सचिव अनुप पौडेलले बताए ।

    प्रेस चौतारीको महाधिवेशनमा सहभागी हुन प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलको नेतृत्वमा कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, लमजुङको २६ जनाको टोली शनिबार विराटनगरतर्फ जाँदै छ । विराटनगर जाने टोलीलाई नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं पूर्वखेलकुद मन्त्री जगत विश्वकर्माले शुभकामना व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं