
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
पोखरा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ।।।सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम बन्नुुभएको छ । प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी छात्रा दिप शिखा क्षेत्री द्वितीय बन्नुभएको छ भने नेशनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय स्थान प्राप्त गर्नुभएको छ । त्यस्तै महर्षि गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र सोही विद्याश्रमका सन्देश पौडेलले सान्त्वना स्थान हासिल गर्नुभयो ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र एक÷एक हजार रुपैयाँ नगद, प्रमापत्र सहित केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्य, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, निर्णायक समितिका संयोजक सह प्रा.डा. भोलानारायण रेग्मी लगायतले सूर्य–प्रेम पुरस्कारबाट पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्यले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु आवश्यक भएको बताउँदै गीता आँर्फै मा महान ग्रन्थ भएको धारणा राख्नुभयो ।
विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेलले आजको पुस्तालाई संस्कारी बनाउनु आवश्यक भएको उल्लेख गर्दै सनातन हिन्दु संस्कार र संस्कृतिमा गीताको विशिष्ट महत्व रहेको बताउनुभयो । विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाले संस्कार र संस्कृतिको जगेर्नाकै लागि युवा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुुभयो ।
पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मात्रै यस चरणको प्रतियोगितामा समावेश गराइएको उहाँले जानकारी दिनुभयो । निर्णयक समितिका संयोजक सह प्राध्यापक डा. भोलानारायण रेग्मीले संस्कार नभएको शिक्षा अपाङ्ग हुने बताउँदै नैतिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । हिन्दु धर्मले सबैको कल्याणको कामना गर्ने उल्लेख गर्दै उहाँले यो धर्म नै सनातन धर्म भएको धारणा राख्नुभयो ।
विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाको सभापतित्व एवम् महासचिव भुपेन्द्र गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्णयक समितिका सदस्यद्वय उप प्राध्यापक हरिश्चन्द्र भण्डारी र उप प्राध्यापक गणेश शर्मा सुवेदी लगायतले सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया