
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ।।।सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम बन्नुुभएको छ । प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी छात्रा दिप शिखा क्षेत्री द्वितीय बन्नुभएको छ भने नेशनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय स्थान प्राप्त गर्नुभएको छ । त्यस्तै महर्षि गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र सोही विद्याश्रमका सन्देश पौडेलले सान्त्वना स्थान हासिल गर्नुभयो ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र एक÷एक हजार रुपैयाँ नगद, प्रमापत्र सहित केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्य, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, निर्णायक समितिका संयोजक सह प्रा.डा. भोलानारायण रेग्मी लगायतले सूर्य–प्रेम पुरस्कारबाट पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्यले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु आवश्यक भएको बताउँदै गीता आँर्फै मा महान ग्रन्थ भएको धारणा राख्नुभयो ।
विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेलले आजको पुस्तालाई संस्कारी बनाउनु आवश्यक भएको उल्लेख गर्दै सनातन हिन्दु संस्कार र संस्कृतिमा गीताको विशिष्ट महत्व रहेको बताउनुभयो । विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाले संस्कार र संस्कृतिको जगेर्नाकै लागि युवा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुुभयो ।
पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मात्रै यस चरणको प्रतियोगितामा समावेश गराइएको उहाँले जानकारी दिनुभयो । निर्णयक समितिका संयोजक सह प्राध्यापक डा. भोलानारायण रेग्मीले संस्कार नभएको शिक्षा अपाङ्ग हुने बताउँदै नैतिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । हिन्दु धर्मले सबैको कल्याणको कामना गर्ने उल्लेख गर्दै उहाँले यो धर्म नै सनातन धर्म भएको धारणा राख्नुभयो ।
विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाको सभापतित्व एवम् महासचिव भुपेन्द्र गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्णयक समितिका सदस्यद्वय उप प्राध्यापक हरिश्चन्द्र भण्डारी र उप प्राध्यापक गणेश शर्मा सुवेदी लगायतले सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको थियो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया