
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल प्रतिष्पर्धामा आयोजक सूर्य तारा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै गन्नीले उपाधि जितेको हो । उपाधि विजेता गन्नीले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता बनेको सूर्य ताराले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा सूर्य ताराका राजेश राईले वेस्ट प्लेयर बन्दै १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
खेल महोत्सव अन्तरगतको राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिताको उपाधि भने आयोजक सूर्य तारा क्लबले हात पारेको छ । फाइनलमा दिदी बहिनी आमा समुहलाई पराजित गर्दे सूर्य तारा प्रथम भएको हो । प्रथम भएको सूर्य ताराले ३३ हजार ३ सय ३३ र द्वितीय हुने दिदी बहिनी आमा समुहले २२ हजार २ सय २२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारे ।
कुल १४ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा लालिगुराँस आमा समुह पोखरा ३० तृतीय बन्यो । बाग्लुङ समाज पोखरा २९ लाई पराजित गर्दै तेस्रो बनेको लालीगुँरासले ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्यो ।
खेल महोत्सवमा खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता, खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको थियो ।
गण्डकी प्रदेश खेलकुदका पूर्वाधारको विकासमा पछाडि पर्यो
समापन समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदका पूर्वाधारको विकासमा पछाडि पर्दै गएको अनुभुति भैरहेको बताए । उनले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नका लागि लागिरहेको उल्लेख गरे । सेती घाटको १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइसकेको र अन्य विभिन्न ठाउँमा गरेर १४ सय रोपनी भन्दा बढी जग्गा प्राप्त गरे पनि पूर्वाधार निर्माणमा प्रगति गर्न नसकिएको उनले स्विकारे । उनले पोखरा खेलकुदको राजधानी हुन सक्ने औँल्याए । त्यतिमात्र नभएर पोखरा आईटी, शिक्षा तथा स्वास्थ्यको समेत राजधानी हुन सक्ने भनाइ उनको थियो ।
गण्डकी प्रदेशको विकासको लागि पोखरालाई केन्द्र मानेर विश्वविद्यालय, अस्पताल र खेल पूर्वाधार निर्माण गर्ने दायित्व सबैको रहेको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले औँल्याए । वर्तमान सरकारले यहाँ भैरहेको विकृति विसङ्गतिलाई रोक्दै जनतामा छाएको निराशा तथा युवामा देखिएको सरकार प्रति अविश्वासलाई चिर्नेगरी काम गरिरहेको दावी गरे ।
छिटो छिटो सरकार फेरिने र स्रोतको सुनिश्चितता बिना नै नयाँ योजना राख्दा समस्या देखिएकोले त्यसलाई अन्त्य गर्नेगरी वर्तमान सरकारले काम गरिरहेको बताए । यसपालि स्रोतको सुनिश्चितता अर्थ मन्त्रालयले गरेका र राष्ट्रिय योजना आयोगले सिफारिस गरेका ठूला राम्रा योजना मात्र ल्याउने सरकारको तयारी रहेको भन्दै यो पटक धेरै योजना पार्न नसक्ने स्पष्ट पारे ।
पोखराको सौन्दर्यता समृद्धि र विकासका लागि खेलकुदका पूर्वाधार बनाउने काम बाँकी भएको बताएका उनले भण्डारढिक खेल मैदानलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्नको लागि योजना आयोगसँग छलफल गर्ने बताए । रङ्गशालाका लागि यसपटक बजेटको प्रबन्ध गर्ने कुरामा प्रयत्न गर्ने उनको प्रतिवद्धता थियो ।”भण्डारढिकको यो खेल मैदानको स्तरोन्नतिको लागि अन्तराष्ट्रिय मापदण्डको रङ्गशाला बनाउने हाम्रो सोच हो, हामीले पहिलेदेखि त्यो योजना बनाइराखेका हौ” प्रवक्ता गुरुङले भने “त्यो कामलाई पुरा गर्नको लागि यसपालिको बजेटको प्रबन्ध गर्ने कुरामा लागिरहने कुरा यहाँहरूलाई निवेदन गर्न चाहन्छु।”
काँग्रेस र एमाले सहितको समीकरणमा वर्तमान सरकार निर्माण नभएको भए नेपाल श्रीलङ्काको जस्तै अर्थतन्त्र फेल भएर मुलुक असफल बन्ने अवस्थामा पुगेर विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोषले जमानी बसेर ऋण दिएर उकास्नुपर्ने परिस्थितिमा पुग्ने स्थिति आउने दावी एमाले उपमहासचिव समेत रहेका गुरुङले गरे । नेपाललाई असफल मुलुक हुनबाट जोगाएका उनको भनाइ छ।
यसअगाडिको सरकारले झण्डै १९ हजार योजना हालेर अस्त व्यस्त बनाएको तथा ठेकेदारलाई पैसा भुक्तानी हुन नसकेको अवस्थालाई समेत वर्तमान सरकारले हल गर्न लागेको सुनाए । ठेकेदारको पुरानो भुक्तानी यो वर्ष सकिने उनको दावी छ । वर्तमान सरकार निर्माण भएपछि मुलुकमा सुशासनको प्रारम्भ भएको र काममा ढिलाइ सुस्ति हुने कुराको अन्त्य हुने अवस्था आउन थालेको बताए । सार्वजनिक सेवा प्रवाभकारी बनाउन अध्यादेश ल्याउन लागिरहेको बताएका उनले त्यसपश्चात कर्मचारीलाई जनता प्रति उत्तरदायि बनाउने विश्वास गरे ।
राष्ट्रिय गौरवका आयोजनालाई समयमानै सम्पन्न गर्ने गरी कार्य गर्न गरेको बताए । राजस्व वृद्धि गरेर विभिन्न कार्य मार्फत जनतामा विश्वास जगाइने उनको भनाइ छ ।
सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका कार्यक्रम संयोजक विष्णु पुनको अध्यक्षतामा भएको समापन समारोहमा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, नेपाल खेलकुद महासङ्घका अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ लगायतले बोलेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका नेपाल खेलकुद महासङ्घ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव आयोजना भएको हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया