
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले विद्यार्थीका शैक्षिक हक, अधिकार र हितका लागि आवाज उठाउने मात्र होइन, असल नेतृत्व उत्पादन गर्ने थलोको रूपमा पनि भूमिका निर्वाह गर्दै आएको छ।
तर, कुनै समय परिवर्तनका मुद्दामा प्रभावशाली भूमिका निर्वाह गरेको स्ववियुको साख पछिल्ला वर्षहरूमा खस्कँदै गएको देखिन्छ। विशेष गरी स्ववियु निर्वाचनमा राजनीतिक दलका नेताहरूको बढ्दो हस्तक्षेपलाई लिएर व्यापक आलोचना भइरहेको छ।
बागलुङस्थित धवलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू प्रचारप्रसारमा सक्रिय भएका छन्। तर, यो प्रक्रियामा स्थानीय, प्रदेश तथा केन्द्रका नेताहरूको समेत चहलपहल बढेको छ।
त्यसैक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शनिबार धवलागिरी क्याम्पसमा पुगेर नेविसंघका उम्मेदवारसँग भेटे । उनले स्ववियु निर्वाचन जित्ने गरी रणनीति बुन्न नेता तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।
धवलागिरी क्याम्पसमा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पनि पुगे । उनले पनि अनेरास्ववियुका उम्मेदवारलाई भेटेर शुभकामना दिए । पाठकले पनि अनेरास्ववियुलाई निर्वाचन जित्ने रणनीति बुन्न विद्यार्थी तथा नेताहरुलाई निर्देशन दिएका छन् ।
अझ यस क्याम्पसका पूर्वस्ववियु सभापति नेकपा एमाले गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली पनि अनेरास्ववियुको प्रचारप्रसार समितिको सचिवालयमै बसेर रणनीति बुनेका छन् ।
रणनीति बन्नेमा कांग्रेस प्रदेश सांसद जित सेरचन, दीपेन्द्र थापा, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ लगायतका नेता पनि छन् । उनीहरू पनि स्ववियु निर्वाचनको प्रचारप्रसारमा संलग्न भइरहेका छन् ।
आफ्नो पार्टीका भातृसंस्थाका उम्मेदवारलाई जिताउन नेताहरू प्रचारप्रसार लागेका हुन् । उनीहरूको गतिविधिलाई लिएर अहिले सामाजिक सञ्जालदेखि सबैतिर आलोचना भएको छ । विद्यार्थीकाे निर्वाचनमा नेताहरूकाे हस्तक्षेप बढेपछि आलाेचना भएकाे हाे ।
याे क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको कार्यसूची अनुसार आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । त्यसअघि उम्मेदवार दर्ता भइसकेकाे छ। निर्वाचन नजिकिँदा नेताहरूकाे चहलपहल बढेकाे हाे । याे बागलुङको एक मात्र आंगिक क्याम्पस हाे ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया