News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्।

    इलाका प्रहरी कार्यालय गणेशपुरले जारी गरेको शुभकामना सहित अनुरोधमा भनिएको छ। होली पर्वमा कसैको इच्छा विपरीत रंग र अबिर नलगाऔं,अपरिचित व्यक्ति हरू संग होली नखेलौं, होली पर्वमा मदिरा लगायत अन्य नशालु पदार्थको सेवन नगरौं, होलीको नाममा उच्च श्रृंखल कार्य नगरौं, छाला तथा आखां लाई असर गर्ने केमिकल युक्त रंग तथा अबिरको प्रयोग न गरौँ, महगा गर गहना लगएर होली नखेलौं, ट्राफिक नियमको पाल्ना गरौँ आफू बचौं र अरूलाई बचाऔं जस्ता सचेतनामूलक सन्देश जारी गरिएको छ।

    साथै नियम विपरीत कार्य गर्ने व्यक्ति को जानकारी प्रहरी लाई दिन समेत अनुरोध इप्रका गणेशपुरले गरेको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया