
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय पर्वतका पत्रकार सञ्जय रेग्मीलाई प्रदान गरिएको छ।
समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई सम्मान गरिएको हो।
पोखरा र पर्वतमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रेग्मीले आदिवासी जनजातिको उत्थानका लागि तथा उनीहरूका परम्परागत सीप, शैली, कला लगायतका विषयमा लेख्ने गरेका छन्। सोही मूल्यांकनको आधारमा ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पहिलो पुरस्कार नै उनलाई प्रदान गरिएको फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर श्रीसमगरले बताए। 
बुधवार पोखरामा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले सम्मान गर्दै पुरस्कार हस्तान्तरण गरेका हुन्। जनजातिको मौलिक चलनको रूपमा रहेको फेटा र भाङ्ग्रा सहित सम्मानपत्र र पुरस्कार स्वरूप नगद २० हजार ५५५ रुपैयाँ रेग्मीलाई प्रदान गरिएको हो।
अधिवेशन तथा सम्मानको अवसरमा बोल्दै मन्त्री गुरुङले आदिवासी जनजाति महासङ्घको पुरस्कार गैर जनजाति पत्रकारलाई प्रदान गरेर सामाजिक एकताको प्रयास गरेको भन्दै खुसी व्यक्त गरे। नेपालको वर्तमान राज्य व्यवस्था संसारकै उत्कृष्ट मोडलको रहेको भन्दै उनले समाजमा अराजकता फैलाउनेहरूले गरेका सामान्य गतिविधिमा अत्तालिनु नपर्ने बताए।
यसैबीच फोनिज गण्डकी प्रदेशको तेस्रो महाधिवेशनबाट खिमा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। १५ सदस्यीय कार्यसमितिको उपाध्यक्ष (खुला) मा धनबहादुर गुरुङ, उपाध्यक्ष (महिला) मा शीला गुरुङ, महासचिवमा सुरज थापा मगर, सचिव (खुला)मा दिलप्रसाद गुरुङ, सचिव (महिला) कला राना, कोषाध्यक्षमा सुमन थापा मगर चयन भएका छन्।
यस्तै सदस्यहरूमा यमबहादुर सोमै मगर, खडकबहादुर आले, मनप्रसाद गुरुङ, चेतबहादुर थापा प्रवीण, कविता घर्ती, चन्द्रकुमारी महतो, पुनम थापा मगर र कृष्ण श्रेष्ठ (रोजी) सर्वसम्मत भएका छन्।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया