SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/२४ गते
    १७९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताउनुभएको छ । चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको उहाँको जोड छ ।

    पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूललले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भट्टले विद्यार्थी केन्द्रित शिक्षाको माध्यमबाट बालबालिकाको क्षमता र प्रतिभाको विकास गर्नु शिक्षाको उद्देश्य रहनुपर्ने बताउनुभयो ।

    ‘बालबालिकाको रुची अनुसार वातावरण तयार गरी प्रतिभा प्रस्फुटनको अवसर विद्यालयले दिन सक्नुपर्दछ ।’ उहाँले भन्नुभयो – ‘शिक्षा क्षेत्रमा नविन प्रविधिलाई आत्मसाथ गर्दै देश सुहाउँदो र मौलिक पहिचानको प्रवद्र्धन गरी असल अभ्यासहरुमा समाहित गर्नु हरेक विद्यालयहरुको अपरिहार्य आवश्यकता हो।’

    कुशल व्यवस्थापन, दक्ष शिक्षक र युग सापेक्ष सुधारिएको शिक्षण सिकाई प्रविधि र क्रियाकलापले गुणस्तरीय शिक्षा मिल्ने भन्दै उहाँले शिक्षाको माध्यमबाट समाज विकासमा गरिने हरेक सत्प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाउनुभयो ।

    जिबिएसको उत्पादन राज्यका विभिन्न विशिष्ट पदहरुमा पुगेर सेवा गरिरहेको पाएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्षम नागरिक तयार पार्न महत्वपूर्ण योगदान दिएको यस स्कूलको सफलताको श्रृंखला अघि बढ्दै जाओस् भन्ने कामना पनि गर्नुभयो ।

    छात्रावासको सुविधासहित निश्चित कोटा नै छुट्याएर देशका वर्षेनी करिब २०० विद्यार्थीलाई उत्कृष्टताका आधारमा छात्रवृत्तिसहित अध्ययन गराउँदै आएको विद्यालयले सुगम र दुर्गम क्षेत्र, सम्पन्न र विपन्न परिवारका बीचको खाडललाई पुर्न र बालबालिकाहरुमा सानैदेखि समानभाव जागृत गर्न भूमिका खेलेको भन्दै उहाँले विद्यालयको प्रशंसा गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं